Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिलालाई स्वदेशमै रोजगारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २६ बुधबार | (रासस)
newsabhiyan

विराटनगर, २६ वैशाख । सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ ।

प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले विराटनगर–२ स्थित सुलभ समाधान प्रालिले गृहकार्य शुरु गरेको हो ।

सुलभ समाधान प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न १६ वटा कामका लागि प्रशिक्षित घरेलु महिला कामदार उपलब्ध गराउने जानकारी दिइयो ।

न्यूनतम शुल्कमा मासिक तथा दैनिक रुपमा हाउस मेड, भान्साको कार्य र अन्य सेवा प्रवाहका लागि दक्ष एवम् प्रशिक्षित कामदार उपलब्ध गराउने सो संस्थाका अध्यक्ष तेजराज कोइरालाले बताउनुभयो ।

भान्सा, चियानास्ता, खाना बनाउने, घरेलु शिक्षक, स्वास्थ्यसेविका, अस्पतालमा बिरामी कुरुवा, कार्यालय सहयोगी, विद्यालय, धर्मशाला, देवायल, अस्पताल सफा कार्य गर्ने, महिला चालक, शिशु कक्षाका विद्यार्थी अध्यापन, महिला चौकीदार आदि कार्यका दक्ष कामदार उपलब्ध गराउने संस्थाले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan