Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामिनीलाई हटाउने बाटो खोज्दै प्रम, गणेश थापा थला परे !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ बैशाख। सेवा दिएबापत महसुल घटाउनु स्वाभाविक हुन्छ । फोरजी सेवा लागू ग¥यो, अब मोबाइल सेवा इमेल इन्टरनेटको समस्या आउँदैन भन्ने कुरा टेलिकमको व्यवस्थापनका लागि झ्याउरे गीत बन्दैछ ।

प्रधानमन्त्री खड्ग ओलीसमेत कामिनी राजभण्डारी गिरोहको कामबाट सन्तुष्ट भएनन् । जुन कुराको सन्देश सञ्चार राज्यमन्त्री गोकुल बस्कोटाले दिएका थिए । शनिबार टेलिकमको सेवा अवरुद्ध पारेर एनसेल र स्मार्टतिर फ्रिक्वाइसी प्रवाह गर्दै खाइरहेका खन्चुवाहरुका निम्ति प्रधानमन्त्री ओलीको बोली केन्द्रित थियो ।

टेलिकमको प्रगति सुन्दै गरेका प्रधानमन्त्री ओलीले सञ्चार राज्यमन्त्रीकै अगाडि विदाका दिन फोन किन बिग्रन्छ, अल्छी कर्मचारीलाई सरकारले कडाइ गर्छ ।

टेलिकमका बारेमा प्रधानमन्त्री समक्ष पुगेका गुनासाहरुको पोको त्यो बेला उनले फुकाए जुन दिन टेलिकमको वार्षिक प्रगति विवरण लिएर राज्यमन्त्रीको साथमा प्रबन्ध निर्देशक राजभण्डारी प्रधानमन्त्री भेट्न पुगेकी थिइन् ।

प्रतिस्पर्धीमा कमजोर व्यवस्थापन कम नाफा कमाउने प्रस्ताव गर्दागर्दै इन्जिनियर महिलाप्रति विश्वास गरेर नै कामिनीलाई प्रबन्ध निर्देशक पद दिलाइएको हो । तर, उनको पालामा जस्तो भ्रष्टाचार टेलिकममा यस अगाडि भएकै छैन ।

कमसल सामान महँगो दरमा खरिद गर्ने टेलिकमको गिरोह र ठेकेदारकै कारण फोन प्रयोगकर्ताहरुले दुःख सहेका छन् । गुणस्तरीय सेवा दिन सकिँदैन भने पद छाडे हुन्छ, टेलिकमै सेवामा समस्या आउँछ, एनसेल र स्मार्ट फोनमा किन समस्या आउँदैन ?

कामिनीको व्यवस्थापन कमजोर छ, उनी अमूल प्रधान गिरोहको फन्दामा परेकी छिन् । सेवा विस्तार हुनु गुणस्तर नहुनुले सेवा विस्तारको अर्थ राख्दैन ।

अप्टिकल फाइबर विस्तारको कामप्रति पनि असन्तुष्ट प्रधानमन्त्री ओलीले राज्यलाई करोडौँ राजश्व नबुझाउने भारतीय ठग कम्पनी युटिएललाई फाइबर विस्तारको ठेक्का दिलाइएकोमा असन्तोष प्रकट गरे ।

सरकारी स्वामित्वको कम्पनीको सेवा गुणस्तर नहुनुको कारण त्यहाँको भ्रष्टाचार हो । राजधानीमै गुणस्तर सेवा दिन नसक्ने टेलिकमले दुर्गम जिल्लामा सेवा विस्तार गरेर गुणस्तर दिन्छ भने कल्पना गर्नु व्यर्थ छ ।

टेलिकमका भ्रष्टाचारीहरुको दोहोलो काड्न सञ्चार मन्त्रालय लाग्नुपथ्र्यो । तर, त्यहाँ टेलिकमबाट पालिएका भ्रष्टाचारीहरु छन् । सञ्चार राज्यमन्त्री बास्कोटाले तिनको पहिचान गर्न सकेका छैनन् । टेलिकमको गिरोह प्रधानमन्त्रीका भनाइबाट तर्सेको छैन ।

गणेश थापा थला परे !
१५ सदस्यीय एन्फाको केन्द्रीय समितिका चार उपाध्यक्ष र ११ सदस्य रहने विधानतः व्यवस्था छ । यस पटक मण्डले दादागिरिका कारण गणेश थापाको बीउ पनि एन्फामा रहेन ।

काँग्रेसको राजनीतिमा आबद्ध भए पनि जनताको काम गर्ने सेवक जोसुकै पार्टीको होस् आफ्नो साथ रहने बताउने कर्माको कामले फुटबलको गिरेको शाख पुनस्र्थापना हुन्छ कि हुँदैन, फुटबलप्रेमीहरु प्रतीक्षा गरिरहेका छन् ।

गणेश थापा अध्यक्ष भएकै बेला गोल प्रोजेक्टको रौनक नेपालमा थियो । व्यवसायिक खेलाडीका नाममा सरकारलाई नटेर्ने, राष्ट्रिय खेलकुद परिषद्लाई टेरपुच्छर नलगाउने गणेश थापाको दादागिरि यसरी अन्त्य होला भन्ने थिएन ।

फुटबल क्लबहरुलाई फिफाको गोल प्रोजेक्टबाट प्राप्त रकमबाट मात्र होइन, एन्फाले दिलाउने अनुदानसमेत भेदभाव गरेर फुटबल संघमा पञ्चायती दादागिरि प्रदर्शन गर्न पछि नपरेको पाप यस पटक कुर्लेको हो । संकट पर्दा जोसँग साथ लियो, त्यसकै खेदो खन्न सिपालु गणेश थापाको चरित्रले यो अवस्था आएको हो ।

कुनै बेला काँग्रेसको आक्रमणमा परेको एन्फामा गीता रानाजस्ता शैक्षिक माफियालाई राष्ट्रिय खेलकुद परिषद्ले एन्फाको अध्यक्ष बनाउँदा नेपाली प्रेसको साथ पाएका गणेश थापाले लोकतन्त्र स्थापना भएपछि पनि आफ्नो चरित्र सुधार गरेनन् ।

उनको दादागिरि फिफा र एएफसीको समर्थनमा थियो । पछिल्लो पटक अन्तर्राष्ट्रिय संस्थाहरुले नै थापाको चरित्रको छानबिन गरे । पैसा खाएर फिफा अध्यक्षको लागि भोट बेचेको छोराको नाममा एक लाख डलर लिएको रहस्य पनि छानबिनका क्रममा पत्ता लाग्यो ।

जनताले हिन्दुधर्म र राजतन्त्रको नाममा भोटको व्यापार गर्ने राजनीतिक धूर्त कमल थापाको पार्टीको नाम निशाना बाँकी राखेन । राष्ट्रिय राजनीतिबाट दाजु कमल थापा सोत्तर हुनु र फुटबलबाट गणेश थापाको ग्याङ खेदिनु एकै पटक भएको छ । यो संयोग होइन, मण्डले हराउ अभियान हो ।

अध्यक्ष कर्माछिरिङले ६३ मत पाएका मात्र छैनन्, सिङ्गो प्यानल नै विजय गराएका छन् । गणेशको सालो मणि कुँवर १२ भोटमा थान्को लाग्नुपर्नाको कारण गोल प्रोजेक्टको भ्रष्टाचार हो । सरकारले अख्तियारमा थन्किएको गणेशको भ्रष्टाचारसम्बन्धी फाइल खोतल्न सक्छ कि सक्दैन ? प्रधानमन्त्री खड्ग ओली आफू भने भ्रष्टाचार नगर्ने भनिरहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan