Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कैदीलार्इ धर्मपरिवर्तन गराउने बिरुद्ध हिन्दू जागरण सुर्खेत तात्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २७ बिहिबार |
newsabhiyan
newsabhiyan

सुर्खेत ,२७ बैशाख । सुर्खेतको जेल भित्र रहेका कैदिलार्इ समेत जवरजस्ती धर्मपरिवर्तन गराउने समुहहरु बिरुद्ध ब्यापक आलोचना भइरहेको छ । 

कैदीलार्इ धर्मपरिवर्तन गराउने बिरुद्ध हिन्दू जागरण सुर्खेतले सक्रियता देखाएको छ ।

धर्मपरिवर्तन गराएको खबरसँगै समाचार आउने बित्तिकै हिन्दू जागरण सुर्खेत जिल्ला समितिले अन्जु बस्यालको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र बुझाएको हो ।

सुर्खेत सिडिओले यो कहिले र कसको अनुमतिमा संचालन भएको हो ? सोको छानविन गरि तत्काल रोक्न निर्देशन दिने वचन दिनु भएको जानकारी प्राप्त भएको छ ।

यस्तो छ विज्ञप्ती

सुर्खेतको जेल भित्र रहेका कैदिलाइ समेत धर्मपरिवर्तन गराउने भाइरसहरुको रोगले आक्रान्त भएको समाचार आउने बित्तिकै हिन्दू जागरण सुर्खेत जिल्ला समितिले अन्जु बस्यालको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र बुझाएको छ ।

किन यसरी जेल भित्र अनधिकृतरुपमा धर्म नामधारी पन्थको प्रचार गराएर धार्मिक द्वन्द्व निम्त्याउन लगाइदैछ ? जेल भित्र रहेका कैदिलार्इ हिन्दुत्व बिरुद्ध उचालेर जेल बाट बाहिर निस्के पछि तिनिहरु द्वारा नै द्वन्द्व गराउन खोजिएको हो ?

यसलार्इ तत्काल बन्द गरि सो कार्यक्रम संचालन गर्नेलाइ कडा कारवाही होस भन्ने कुरा सि डि ओ समक्ष राख्दा सो कुराको आफुलाइ जानकारी नभएको बताए ।

सिडिओले यो कहिले र कसको अनुमतिमा संचालन भएको हो सोको छानविन गरि तत्काल रोक्न निर्देशन दिने वचन दिनु भएको जानकारी प्राप्त भएको छ ।

यसरी हरेक क्षेत्रमा धर्मको नाम लिदै कानूनद्वारा बर्जित क्रियाकलाप समाजमा बढ्दै गएकोमा हिन्दु जागरण नेपाल जिल्ला समिति सुर्खेतका अध्यक्ष अन्जु बस्यालले चिन्ता ब्यक्त गर्नु भएको छ ।

आगामी समयमा यस्ता गतिविधी संचालन गरेको कहि कतै पाइएमा हिन्दू जागरणलाई जानकारी गराउन समेत अनुरोध गर्नु भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan