Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बसन्तपुरमा खुल्यो क्याफे कफी डे को नयाँ आउटलेट

‘छिट्टै नेपालकै ठूलो कफी चेन नेटवर्क बनाउने लक्ष्य’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ बैशाख । नेपालमा आक्रमक रुपमा बजार बिस्तार गरिरहेको भारतीय मल्टिनेशनल कफी ब्राण्ड क्याफे कफी डे (सीसीडी)ले एक वर्षको बीचमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर दरवार स्क्वाएर सीसीडीको नयाँ आउटलेट शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो ।

बसन्तरपुरको आउटलेटको उद्घाटन शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरेका हुन् । यस कफी सपमा कफीका बिभिन्न भेराइटीका अलावा फाष्टफुड पनि उपलब्ध हुनेछ ।

नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गरी भविश्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कको रुपमा स्थापित गर्ने लक्ष्यअनुसार सीसीडीको बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलका प्रमुख रवि टेबरेवालले जानकारी दिए ।

उनले भने, ‘पछिल्लो केहि वर्षहरुमा नेपालमा कफी कल्चर निकै बढेको छ, त्यसअनुसार स्तरीय कफी ब्राण्ड कमै रहेको अवस्थामा हामीले सीसीडी सुरु गरेका हौं, छिट्टै यसलाई नेपालकै ठूलो कफी चेन नेटवर्क बनाउनेछौं ।’

उनले आक्रामक बजारीकरणको कुरा गरिरहँदा काठमाडौंकै दरबारमार्ग र बानेश्वरमा पनि छिट्टै सीसीडीका नयाँ आउटलेटहरु खुल्ने जानकारी गराए । त्यस्तै उपत्यका बाहिर पोखरा, चितवन, बुटबल, धरान, बिराटनगर लगायतका शहरहरुमा साथै राजमार्ग लक्षित गरेर पनि आउटलेट स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए ।

भारतबाट सुरु भएको सीसीडीको संसारभर १७०० भन्दा बढी आउटलेटहरु छन् । भारतका प्रायः सबै मुख्य शहरका साथै मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायतका दक्षिण पूर्वी एशिया, युरोप, अफ्रिका र अमेरिकामा पनि यसका आउटलेटहरु छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan