Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोदीलाई सेनाले टुडिखेलमा सलाम ठोकीरहँदा आकासमा विरोधका कालो झण्डा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २९ शनिबार | सागर श्रेष्ठ
newsabhiyan
newsabhiyan

न्यूज अभियान, २९ वैशाख,काठमाडौं । नेपालको प्रधानमन्त्री के.पी. शर्मा ओलीको निमन्त्रणामा २ दिने राजकिय भ्रमणमा आउनु भएका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाई नेपाल सरकारको तर्फबाट कुनै कसुर बाँकी नराखेर भब्य स्वागत गरिएको छ ।
 
तर विरोधको आवाज र संकेतहरु पनि देखियो । नेकपा (क्रान्तिकारी माओवादी)को अगुवाईमा काठमाडौँका विभिन्न स्थानबाट मोदीविरुद्ध कालोझण्डा उडाइएका थिए ।
 
नेपाली सेनाको हेलिकोप्टर आकाशमा सम्मान र सुरक्षाको लागि उडिरहेको थियो, त्यो सँगसँगै भारतीय हस्तक्षेप र मोदीविरुद्ध नारा लेखिएका झण्डा बेलुनसँगै उडिरहेका थिए ।
 
त्यसैगरी विवेकशिल सझा पार्टीले पनि विरोधको कार्यक्रम आयोजना गरेको छ । सरकारले उनीहरुलाई धरपकड गरेको छ । प्रहरी प्रशासनले केही राजनीतिककर्मीहरु र सर्वसाधारणलाई गिरफ्तार समेत गरेको छ । 
 
विशेष गरि हाईड्रोको उद्घाटन र नाकाबन्दीको विषयलाई लिएर विरोध गरेको देखिन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan