Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलायती जुत्ता चप्पल सुप्रिम फेसनले ल्यायो नेपाल बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,३० बैशाख । बेलायत जुत्ता चप्पल सुप्रिम फेसन इन्टरनेश्नल प्रालीले नेपाली बजारमा ल्याएको छ ।
 
बेलायतको लोकप्रिय ब्राण्ड एनपिएसका उत्पादन सुप्रिम फेसन इन्टरनेसनलले नेपाली बजारमा आएको हो। 
 
काठमाडौं जमलस्थित विश्व ज्योति मलमा उक्त कम्पनीले शनीबार एक कार्यक्रम सम्पन्न गरेको छ ।
 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शनिबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गर्नुभएको हो ।
 
कार्यक्रममा उनले विदेशी ब्रान्डका सामान मुलुकभित्रै पाउनु सुखद भएको बताउँदै बेलायतमा उत्पादन गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाईँ अनुसार यी सामान आवस्यक भएको बताउनुभयो ।
 
बेलायत बजारमात्र होइन एनपिएसका उत्पादन विश्वका चर्चित सेलिब्रेटीले समेत प्रयोग गर्दै आएकाछन् । 
 
सन् १८८१ देखि बेलायमाउत्पादन सुरु गरी ख्यातीकमाएको एनपीएस कम्पनीका आकर्षक जुत्ता, युल ब्रान्डकाजुत्ता र चप्पल, सिपाहीँ एन्ड कम्पनी काइको लक्जरी लेदर बेल्ट, लेडिज ब्याग, बच्चाका जुत्ता चप्पल लगायत सामान उक्त शोरुपमा पाइने कम्पनीले जनाएको छ ।
 
जेन्ट्स जुत्ताको मूल्य १०हजार रुपैयाँदेखि २९ हजार रुपैयाँसम्मको रहेको बताउँदै जेन्ट्स ब्याग १२ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ,जेन्ट्स बेल्टको मूल्य १२ हजार रुपैयाँदेखि १७ हजार रुपैयाँसम्मको पाइने कम्पनीले जनाएको छ ।
 
लेडिज जुत्ता १० हजार रुपैयाँबाट सुरु हुने र २५ हजार रुपैयाँसम्मको पाइने कम्पनीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan