Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शोकमा भक्तपुरका स्थानीय तह बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १ मंगलबार | (रासस)
newsabhiyan

भक्तपुर, १ जेठ । प्रदेश नं ३ का प्रदेश सदस्य एवं चाँगुनारायण नगरपालिका– ६ नगरकोट, तेलकोट निवासी हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउँदै जिल्लाका स्थानीय तहअन्तर्गतका कार्यालय बन्द गरिएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको सोमबार बसेको बैठकको निर्णयानुसार स्थानीय तह बन्द भएको हो ।

जिसस र भक्तपुरका नगरपालिकाबाट आधा झण्डा झुकाइएको एवं जिसस तथा नगरपालिका र वडा कार्यालय बन्द गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan