Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जेठ १४ गते मिस्टर एण्ड मिस कलेज चितवन सिजन-२ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १ मंगलबार |
newsabhiyan
newsabhiyan

चितवन । कर्मा इभेन्ट चितवनले युवा विद्यार्थीलाई लक्षित गर्दैै मिस्टर एण्ड मिस कलेज चितवन सिजन–२ आयोजना गर्ने भएको छ ।

आयोजक संस्था कर्माका संचालक दिपेन्द्र क्षेत्रीका अनुसार एसईई र प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुको क्षमता, व्यक्तित्व र आत्मविश्वास बृद्धि तथा नैतिक क्षमता अभिबृद्धिका लागि सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

जेठ १४ गते क्षेत्रपुरको सनसिटी होटलमा अडिसन हुने क्षेत्रीले जानकारी गराएका छन् । इभेन्ट म्यानेजमेन्टको काम गर्दै आइरहेको कर्माले दोस्रो पटक मिस्टर एण्ड मिस कलेज प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

१६ देखि २६ बर्ष उमेर समुहका २५ जना युवा युवतीलाई यस प्रतियोगितामा सामेल गराइने कार्यक्रम संयोजक उमित श्रेष्ठले बताए । उनले प्रतियोगिताको विजयी हुनेलाई नगद ३५ हजार र विभिन्न उपहार प्रदान गरिने जानकारी दिए ।

त्यस्तै, फष्ट रनरअपलाई नगद २० हजार र अन्य पुरस्कार तथा सेकेण्ड रनरअपलाई नगद १५ हजार सहित पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिताका विजयीलाई राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता गराइने आयोजकले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan