Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका ज्योति मगर भन्छिन्– आमा बन्ने रहर छ, छोरी भए गर्भपतन गर्छु !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका ज्योति मगरले विहे भएर सन्तान जन्माउनुपरे छोरालाई मात्र जन्म दिने, छोरी भए गर्भपतन गर्ने बताएकी छन् ।

महिलाहिंसाको विषयलाई उठाउँदै उनले प्रतिकात्मक विरोधका लागि यस्तो भनेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मुना अधिकारीको बयानसम्बन्धि विषयलाई उठान गर्दै मगरले लेखिन्,‘म विहे गर्छु कि गर्दिन थाहा छैन ।

तर सन्तालाई जन्म दिने इच्छा छ ।

तर म छोरा भएमात्र जन्म दिनेछु, छोरी भइन् भने गर्भपतन गर्नेछु ।’

उनले अगाडी लेखेकी छिन्,‘किनकी छोरीलाई जन्म दिएँ भने उनी बलात्कार हुनेछिन् ।

भाग्यले बाँचिन भने पनि श्रीमान् या ब्वाईफ्रेनबाट हिंसाको शिकार हुनेछिन् ।

दुवैसँग प्रतिकार गरी लडेर अगाडी बढिन् भने पनि उनलाई छोरी होस् तँ भन्दै ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउने, उनको स्वतन्त्र भएर लगाउने, खाने र बाँच्ने अधिकार खोस्ने प्रयास हुनेछ ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan