Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभिनेत्री करिष्मा मानन्धर : आमा १४ मा, छोरी कतिमा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । १४ वर्षको उमेरमा अभिनेत्री करिश्मा मानन्धरले सन्तान फिल्मबाट नेपाली रजतपटमा पाइला चालिन् । उनको उदयले सावित गरिदियो– उनी सदाबहार हुन् ।

अहिले पनि फिटसँगै ‘हिट’ रहेका करिश्माको फिल्मि करिअर अन्यको तुलनामा संघर्षशील, चुनौतिपूर्णमात्र होइन सफलता अनुकुलताको कसीमा राखिन्छ । ४४ वर्ष पुगिन् उनी ।

राजनीतिमा समेत हाम्फालेकी करिश्मा फिल्मसँगको नाताबाट टाढा छैनन् । तीन दशकको फिल्मीयात्रा उनको एक शव्दमा ‘संघर्ष’ हो । फिल्म निर्माणमा उनी सक्रिय भइन् । निर्देशन गरेकी छैनन् ।

अभिनेत्रीहरू आवरणमा सुन्दर देखिने परम्परा उनी नेत्री हुँदा प्रतिस्थापित गर्न सक्तिनन् । उनी भन्छिन्, ‘यो आदत हो, यो आदतलाई विट मारेरै राजनीति गर्नुपर्छ भन्ने म ठान्दिन ।’

‘सन्तान’बाट करिअर सुरु गरेकी करिश्माले अब आफ्नै एक्ली सन्तानलाई फिल्ममा डेब्यु गराउँदैछिन् । कविता मानन्धर, उनकी छोरी हुन् ।

अमेरिकामा अध्ययन गरेकी कविता ‘एउटा यस्तो प्रेम कहानीबाट’ फिल्मी क्षेत्रमा आउँदैछिन् । केही समयअघि जन्मदिन मनाएकी कविता कति वर्ष लागिन् ? खुलाइएको छैन ।

यसैकारण पनि उनी कति वर्षमा फिल्म खेल्दैछिन् ? यसलाई प्रश्नमै सीमित राखौं ।

यो फिल्ममा करिश्मासँग धेरैवटा फिल्ममा रोमान्स गरेका अभिनेता शिव श्रेष्ठपुत्र शक्तिले कवितासँग रोमान्स गर्ने बताइन्छ ।

तर कविता फिल्ममा ल्याउनको गुह्य कारण भने निर्देशक दिपेश सापकोटाले खोलीसकेका छन् ।

कविता आमा करिश्माजस्तो फिट छैनन्, हिट हुन्छिन् हुन्नन् थाहा छैन । तर, मोटी भएकै कारण उनलाई फिल्ममा कास्ट गरिएको सापकोटाले बताइसकेका छन् ।

उनले भनेका छन्, ‘मोटी क्यारेक्टरको आवश्यकता परेका कारण करिश्मापुत्री कवितालाई फिल्ममा लिइएको हो ।’

यो फिल्ममा आयुष्मान देशराज जोशी र प्रियंका कार्की, संजोग कोइराला र बर्षा राउत पनि कास्ट गरिएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan