Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समाचार साभार नगर्न/नगराउन प्रेस काउन्सिलको ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२ बैशाख । नेपाली आम सञ्चारमाध्यमले जनतालाई सुसूचित गराउनुका साथै समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्दै भन्दै प्रेस काउन्सिलले  आम सञ्चारमाध्यमलाई समाचार साभार नगर्न÷नगराउन आग्रह गरेको छ ।

प्रेस काउन्सिलद्धारा जारी एक विज्ञप्तीमा भनिएको छ ,आमसञ्चारमाध्यमको सकारात्मक योगदान हुँदाहुँदै पनि पछिल्लो चरणमा नेपाली पत्रकारिता–जगतमा झन्झन् विभिन्न खालका नकारात्मक प्रवृत्तिहरु देखापर्न थालेका छन् । यस्ता प्रवृत्तिका कारण सिङ्गो पत्रकारिता–जगतप्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको छ ।

यीमध्ये बढी देखिएको प्रवृत्ति हो– समाचारको हुबहु साभार । कुनै आमसञ्चारमाध्यमले तयार पारेको समाचार तथा समाचार सामग्री अर्को आमसञ्चारमाध्यमले जस्ताको तस्तै साभार गर्दा आफूलाई असर गरेको भन्ने उजुरी राष्ट्रिय समाचार समिति लगायतका माध्यमबाट काउन्सिलमा पर्ने गरेको पनि जनाइएको छ ।

यस्तै कतिपय आमसञ्चारमाध्यमले आफ्ना मौलिक समाचार तथा समाचार सामग्री अनुमतिबिना सम्प्रेषण हुने गरेको भन्दै यस्तो कार्य नगर्न सार्वजनिक सूचना समेत जारी गरेको पाइएकाले समाचार साभार नगर्न÷नगराउन ध्यानाकर्षण गराएको हो ।

प्रेस काउन्सिल नेपालको पछिल्लो अनुगमन र अभिलेखअनुसार  समाचार तथा समाचार–सामग्री साभार गर्ने कार्यमा सबैभन्दा अगाडि विभिन्न अनलाइन माध्यम देखिएका छन् । यस्तो कार्य पत्रकार आचारसंहिता– २०७३ विपरीत देखिन्छ । उक्त आचारसंहिताको दफा ८ (२) मा भनिएको छ – ‘पत्रकार तथा सञ्चारमाध्यमले अन्य सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री उपभोग गर्दा मूल स्रोत उधृत् गरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नु पर्दछ ।’

यस्तै दफा १४ मा अनलाइन सञ्चारमाध्यमको जिम्मेवारीअन्तर्गत उल्लेख गरिएको छ – ‘अनलाइन सञ्चारमाध्यमबाट समाचार तथा समाचार–सामग्रीको प्रकाशन–प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्नेछ र प्रकाशित वा प्रसारित भएका सामग्री अनलाइनमा रहिरहने व्यवस्था गर्नुपर्दछ ।’

अतः बिनाअनुमति तथा सत्य–तथ्य एवम् विश्वसनीयताको परीक्षण नगरी कुनै समाचार तथा समाचार–सामग्री साभार नगर्न÷नगराउन प्रेस काउन्सिल नेपाल सम्पूर्ण पत्रकार र  आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराउन चाहन्छ ,विज्ञप्तीमा भनिएको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan