Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुचना र प्रविधिलाई जीवनशैलीसँग जोड्न आवश्यक प्रदेश सभा सदस्य कुँवर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

एकेन्द्र महता, साँफेबगर, अछाम, २ जेठ । प्रदेश नम्बर ७ प्रदेश सभा सदस्य गोविन्द कुँवरले आजको युग सूचना र प्रविधिको युग भएकाले सूचना प्रविधिसँग सबैले जोडिन आवश्यक रहेको बताउनु भएको छ ।

साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले साँफेबगर नगरपालिकाले स्वरोजगारका कार्यक्रमको लागि खेलेको भूमिकाको प्रसंसा गर्नुभएको छ । उहाँले कार्यक्रममा सम्मानित भएका व्यक्तिले स्वरोजगारका कार्यक्रमका लागि अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा वोल्दै प्रदेश सदस्य मिना साउँदले सूचना प्रविधिले आज संसारलाई एक ठाउँमा जोड्नको लागि सहयोग पुगेको बताउनुभयो । उहाँले सूचना प्रविधिलाई सहि रुपमा सदुपयोग गर्दै रचनात्मक काममा लाग्न सबैमा आग्रह गर्नुभयो ।

सम्मान कार्यक्रम तथा सांस्कृति कार्यक्रमलाई चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउद, मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्याय, साँफेबगर नगर उपप्रमुख विर्मला वुडथापा, नेकपा एमालेका सचिवालय सदस्य प्रकाश शाह, नेपाली काँग्रेसका महासमिति सदस्य राजन कुँवर, माओवादी केन्द्र आयोजक कमिटीका सदस्य सुरत भूल, नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी संयोजक शिलोज कुँवर, नेपाल पत्रकार महासंघ प्रदेश नं.७ का सदस्य पुष्पराज भट्ट, नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष गिता कुँवर, मालिका विकास संघका वरिष्ठ उपाध्यक्ष केशव रावल, वलयपाटका अस्पतालका डा. विकास गौचन, नगरस्तरीय युवा संञ्जालका सदस्य पुजा रावल लगायतले मन्तव्वोल्नुभएको थियो ।

साफेबगर नगरपालिका भित्रका बेरोजगार युवाहरुको तथ्याक सकलन गर्ने उद्देश्यले आयोजना गरिएको मोवाईल सम्बन्धी क्षमता प्रर्दशन परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । एन्ड्रोड मोवाईल तर्फ प्रथम भएका खेमराज रेग्मीले २० हजार, दृतिय मुकेश थापाले १५ हजार र तृतिय भएका जीवन कुमार भूलले १० हजार पुरस्कार पाउनुभएको थियो ।

यस्तै वेशिक मोवाईल तर्फ प्रथम लोकेन्द्र वुडथापाले १५ हजार, दृतिय मोहम्द फरुक मियाले १० हजार, तृतिय सत्यराज रेग्मीले ५ हजार पुरस्कार पाउनुभएको थियो । यस्तै जिल्लाका केही कलाकारहरुलाई पनि सम्मानित गरिएको छ ।

यस्तै कार्यक्रममा केही कलाकारहरुलाई पनि सम्मानित गरिएको छ । सम्मानित हुने कलाकारहरुमा टेकबहादुर वोगटी, नरेन्द्र रावल, जनक साउद, जनक कार्की, महेश परियार, विरेन्द्र ओड र शंकर नेपालीलाई सम्मानित गरिएको थियो । कला क्षेत्रमा योगदान पु¥याएकोमा कलाकारहरुलाई सम्मानित गरिएको साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले बताउनुभयो ।

साँफेबगर नगरपालिका कलाकारहरुलाई सम्मानित गरेकोमा खुसी प्रकट गरेका थिए । साँफेबगर नगरपालिकाले कार्यक्रमको आयोजना गरी सम्मान गरेकोमा खुसी लागेको कलाकार नरेन्द्र रावलले जानकारी दिनुभयो । यस्तै जिल्लाका विभिन्न पालिकामा आयोजित प्रतियोगितामा खेल क्षेत्रमा उत्कृष्ट खेलप्रर्दशन गरेकोमा खेलाडीहरुलाई सम्मानित गरिएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan