Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली र प्रचण्डको वार्ता सँधै, निष्कर्ष कहिले ? आज पनि भोली रे !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,२ जेठ  । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार अढाई घण्टा भेटवार्ता भएको छ ।

बालुवाटारमा दुवै अध्यक्षबीच पार्टी एकताको विषयमा छलफल भएको छ ।  ओली र प्रचण्डको वार्ता सधै, निष्कर्ष कहिले ? आम नागरिकमा चासो बढेको छ  ।

पार्टी एकताको विषयमा एमाले र माओवादीबीच सम्बन्ध चिसिदै गएको थियो ।  दुवै अध्यक्ष बीच बिहीबार अर्थात भोली एकता स‌ंयोजन समितिको बैंठक बसाउन सहमत भएको समाचार स्रोत बताउँछ ।

माओवादी केन्द्रका एक नेताका अनुसार छलफल सकारात्मक भएको बताए । भोली बिहीबार एकता संयोजन समितिको बैठक बसेर एकताको सम्बन्ध निर्णय लिने पनि उनले बताए । संयोजन समितिको बैठक भोली  बस्नेछ, त्यो बैठकले एकता मिति तय गर्नसक्छ ।
एकतालाई सकारात्मक निश्कर्षमा पुर्‍याउन दुवै अध्यक्ष सहमत भएको उनको भनाई छ ।

  भेटवार्ता एमालेका उपमहासचिव विष्णु पौडेल र माओवादी नेता शर्माको पनि सहभागिता रहेको थियो ।  एकताको विषयमा छलफल गर्न एमालेले पनि  बुधबार बेलुका ४ बजे स्थायी समितिको बैंंठक समेत  बोलाएको छ । उक्त बैंठकले एकतालाई पुर्णता देला ? सर्वसाधरणबीच चासो बढेको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan