Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युएस ब्राण्ड ह्विलपुलका सामान नेपाली बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौंस्थित केरोना ट्रेडलिङ्क प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डका घरायसी सामानहरु बजारमा आएको हो ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ह्विलपुल कार्पोरेशन र ट्रेडलिङ्कबीचको सहकार्यको घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरेको छ  ।

यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ ।
यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरुले मन पराउने केरोना ट्रेडलिङ्ककी व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन ।

कार्यक्रममा नेपाली कांग्रेसका युव नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैंकर्स अनिल शाह, कलाकारहरु झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायी र पत्रकारहरुको पनि उपस्थिति थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan