Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपराष्ट्रपतिसँग सिचुवानका उप गभर्नरको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार (आज) दिउँसो २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर सिचुवान प्रान्तका उपगभर्नरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो ।

उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउनु हुँदै एक पेटी एक मार्ग (ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्नुहुँदै उर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापार घाटा भोगिरहेको बताउनुभयो । उहाँले व्यापार सन्तुलनका लागि दुवै देशले सोंच्नुपर्ने बताउनुभयो ।

चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल चीनको एक चीन नीतिप्रति दृढ् रहेको उल्लेख गर्नुहुँदै चीन विरुद्ध नेपाली भूमि प्रयोग गर्न कसैलाई पनि नदिने बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उप उगभर्नरले नेपाल चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालको विकासमा सधै चीनको साथ रहने उल्लेख गर्नुहुँदै चीन र सिचुवान प्रान्त नेपालको उर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल वेको क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभयो ।

उहाँले आफू नेतृत्वको प्रतिनिधि मण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएको समेत बताउनुभयो ।
एक चीन नीतिप्रति नेपालले लिएको दृढ् अडानका लागि उहाँले धन्यवाद दिनुभयो ।

उपराष्ट्रपति नर्वेजियन राजदूत भेट
बुधबार अपरान्ह नै उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले शिष्टाचार भेट गर्नुभएको छ । नर्वेजियन राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan