Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रगतिशील लेखक संघ भारतको प्रतिनिधिमण्डल नेपालमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिलमा अवलोकन भ्र्रमण गरेको छ ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादा मालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहने धारणा राख्नुभयो ।

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुई देशका लेखक, पत्रकारहरुबीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमण दलका सदस्यहरुको संयोजन गर्नुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल लगायतको सहभागिता रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan