Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा एक महिनामै ९ को ज्यान गयो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan

प्रनिश थापा, चितवन, २ जेष्ठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लामा वैशाख महिनामा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार चालु आर्थिक वर्षमा १०६ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन् भने, २८ दुर्घटनामा ७४ जना घाइते भएका छन् ।

मापसे कारबाही संख्या वैशाख महिनामा ७८ रहेकोमा ३२ लाख ८७ हजार राजस्व संकलन भएको उनको भनाइ थियो ।

यस आर्थिक वर्षमा कूल दुई करोड ५७ लाख ३८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । वैशाख महिनामा चार हजार ५५० वटा सवारी ट्राफिक नियम उल्लंघन आरोपमा कारबाहीमा परेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan