Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गच्छदारको कांग्रेस भित्र गनगन ! 'अब सभापति शेरबहादुर देउवालाई देखाइदिन्छु'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र नेता विजय कुमार गच्छदारबीच तिक्तता चर्किएको छ ।

स्रोतका अनुसार देउवाले पदाधिकारी मनोनित गर्दा आफूलाई कुनै वास्ता नगरेपछि उनी देउवासँग टाढिएकाहुन् । नेता गच्छदार रुष्ट बनेका स्रोत भन्छ । 

कांग्रेससँग पार्टी एकता गर्नुअघि नै देउवा र गच्छदारबीच उपसभापति गच्छदारलाई दिनेबारे सहमति भएको थियो । गच्छदारको कांग्रेस भित्र गनगन बढेसँगै सभापति देउवालाई सकस परेको छ ।

तर सभापति देउवाले गच्छदारलाई उपसभापति बनाएनन् । देउवाले पार्टीका विधानले गर्दा उपसभापति बनाउन सकिएन भन्दै गच्छदारलाई थमथमाए । 

उनले सभापति शेरबहादुर देउवालाई देखाइदिन्छु भन्दै अन्य नेताहरुसँग साँठगाँठ गरि नयाँ गुट सृजना गरिरहेको स्रोतको दाबी छ । 

गच्छदारलाई उपसभापति बनाउनको लागि विधानले छेक्दैन् । आफू निकटका नेताहरुसँग देउवाले आफूलाई धोका दिएको भन्दै गच्छदार यतिवेला नयाँ गुट बनाउनको व्यस्त छन् ।

पार्टी एकता गर्नुअघि देउवाले गच्छदारलाई उपसभापति र उनका पार्टीका नेता एक दर्जन भन्दा बढिलाई केन्द्रिय सदस्य दिने सहमति गरेका थिए । 

गच्छदार पार्टीभित्र अहिले नयाँ गुट बनाउनेगरि सक्रिय छन् । उनले यो बीचमा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग नियमति छलफल तथा वार्ता गरिरहेका छन् ।

गच्छदारले डन गणेश लामालाई समेत केन्द्रिय सदस्य बनाउन पर्यो भने पछि े कांग्रेस भित्र खैलाबैला मच्चिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan