Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक ओम तामाङको 'तामाङले सेलो गीत गाउँछ' को सुटिङ सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार | सञ्जय तामाङ
newsabhiyan
newsabhiyan

मेलम्ची, सिन्धुपाल्चोक । मोडल निर्देशक तथा गायक ओम तामाङ वाइवाको “तामाङले सेलो गीत गाउँछ” बोलको म्युजिक भिडियोको सुटिङ सम्पन्न भएको छ ।

गाउँठाउँको मौलिकता झल्किने उक्त तामाङले सेलो गीत गाउँछ बोलको गीतमा गायक ओम तामाङ वाईवाको एकल स्वर रहेको छ ।

वाइबाको स्वरमा रहेको यो दोस्रो गीत हो उनले यो भन्दा पहिला सोल्टीनी कान्छी बोलको गीत गाएका थिए ।

आस्मान लोप्चनको शब्द र निरोज लामाको संगीत तथा संगीत संयोजन रहेको गीतमा ओम आफैले अभिनय संग संगै निर्देशन समेत गरेका छन् ।

ओम संगै सुस्मा मोक्तान, राजेन्द्र वाइबा, अस्मि स्यङ्तान र प्रितम तामाङले अभिनय गरेका छन् ।

काठमाडौँको शंकरापुर नगरपालीका झुलेका बिभिन्न ठाउँमा छायंकन गरिएको भिडियोमा कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ ।

भिडियोको अहिले सम्पादनको काम भइरहेको गाएक तामाङले बताए ।

उक्त गीत जेठ २८ गते नेपाल कला साहित्य प्रतिठान को पहिलो वार्षिकोत्सबको अवसर पारेर बजारमा ल्याउने तयारी भइरहेको उनले बताएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan