Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसियाका पूर्वउपप्रधानमन्त्री जेलमुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार | (रासस-सिन्ह्वा)
newsabhiyan

क्वालालम्पुर, २ जेठ  : मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त हुनुभएको छ ।

गुदमैथुनको अभियोगमा जेल पर्नुभएका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो ।

उहाँलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका थिए ।

कालो कोटमा देखिनु भएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार जानु भएको थियो भने पत्रकारहरूले उहाँलाई लगातार पछ्याइरहेका थिए ।

राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उहाँलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाउनुभएको थियो ।

थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताउनुभयो ।

उहाँलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो ।

उहाँलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan