Saturday 26th of May | २०७५ जेठ १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वाग्लेसहित नक्कली नोट बनाउने ६ प्रहरीको फन्दामा ,यसरी प्रयोग हुन्छ नोट वजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । राजधानीको मुटु अर्थात काठमाडौंका मुख्य चोक शहरबाट ठूलो परिणामको नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा प्रिन्टिङ प्रेस चलाउनेदेखि फिल्म निर्मातासम्म रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई दुई करोड साठी लाख नक्कली नोटसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, माधवराज वाग्ले,प्रकाश सुवेदी र विकेश नापित छन् । बोगटी नयाँ बसपार्क नजिकै रहेको सुमधुर क्याफे तथा खाजाघरमा खाजा खान गएका थिए ।

गोंगबु प्रभागबाट खटिएको प्रहरी टोलीले बोगटीलाई सोधपुछ तथा खानतलासी गर्दा यस्तो अपराध प्रदाफास भएको हो । उनको साथबाट प्रहरीले एक लाख २० हजार बराबरको नक्कली नोट फेला पार्यो ।

बोगटीले दिएको सूचनाका आधारमा सिन्धुलीका सुजित तामाङ र साजन तामाङको ललितपुरको कोठामा खानतलासी गर्दा सात लाख भन्दा बढि नक्कली नोट फेला परेको हो ।

तेजेनजङ थापाको घरमा रहेको प्रिन्सेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरका नेपाली नक्कली नोट दुई करोड बाउन्न लाख बरामद भयो ।

वाग्लेले आफूले  फिल्मको छायाँकंनका लागि नक्कली नोट छापेको बताएका छन् । केही नोटमा  'फिल्म प्रयोजनका लागि'भनेर समेत लेखिएको छ ।

बागबजारमा नवज्योति प्रिन्टिङ प्रेस चलाएर बस्ने धादिङका प्रकाश सुवेदीले भक्तपुरका विकेश नापितलाई नक्कली नोट छाप्न दिएको उनीहरुले प्रहरीलाई बयान दिएकाछन् ।

नापितको कारखानाबाट नक्कली नोट छाप्न प्रयोग गरिएका ४ थान प्लेटसमेत बरामद गरिएको छ ।

जम्मा वरामद नक्कली नोट:– २,६०,६३,०००।- (दुई करोड साठ्ठी लाख त्रिसठ्ठी हजार) रुपैया
नगद,


नक्कली नोट वजारमा जाने तरिका:
 होटल रेष्टुरेन्टमा पैसा तिर्ने,
 यौन कर्मीहरुले प्रयोग गर्ने,
 जुवा खेल्न प्रयोग हुने ।

 लागू औषध कारोवारी मार्फत ।

 सक्कलीमा मिसाएर
सजाय : नक्कली नोट छाप्नेलाई विगो बमोजिम जरिबाना गरी दश वर्ष कैद गर्नु पर्छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan