Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीले नेम्वाङलाई च्यापेपछि नेताहरु आक्रोसित !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ जेठ । एमालेले मर्यादाक्रममा नौटंकी नियम सुरु गरेको छ । पार्टीमा र संसदीय दलमा फरक फरक मर्यादाक्रम निर्धारण गरेपछि वरिष्ठ नेताहरु प्रधानमन्त्री पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीसंग आक्रोसित बनेका छन् ।

ओलीले पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरको मर्यादा क्रम तोकेपछि पार्टी पदाधिकारीले त्यासको विरोध गरेको निकट स्रोतले बतायो ।

दलको माइन्युटमा ओलीको निर्देशनमा नेम्वाङलाई सांसद रहेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराईभन्दा माथिल्लो वरियतामा नेम्वाङलाई राखिएको छ ।

संसदीय दलका नेता ओली पछि बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि नेम्वाङको बरियता कायम गरिएपछि असन्तुष्टिको क्रम सुरु भएको एमालेका एक सांसदले बताए ।

पार्टीमा नेम्वाङभन्दा बरियताक्रममा माथि रहेका स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्मा पनि दलमा पछि परेका छन् ।

स्थायी कमिटी सदस्यहरुपछि प्रमुख सचेतक खगराज अधिकारी र सचेतक शान्ता चौधरी १५ औं र १६ औं नम्बर बरियतामा राखिएको छ । पार्टीमा भने ओलीपछि क्रमशः झलनाथ खनाल, माधव नेपालको बरियता तोकिएको छ ।

उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको बरियता निर्धारण गरिएको छ भने महासचिव ईश्वर पोखरेलपछि उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको बरियता छ ।

सचिवहरुमा क्रमशः प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईको बरियताक्रम निर्धारण गरिएको छ । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan