Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोडसेडिङ अन्त्य घोषणाको अर्थ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ जेठ । सरकारले मुलुकभरबाट लोडसेडिङ अन्त्य भएको घोषणा सगर्भ गरेको छ । वर्षायाममा ८ र सुक्खायाममा १८ देखि २० घन्टासम्म लोडसेडिङको मार दुई बर्ष अघिसम्म व्यहोरेका आम नेपाली नागरिकका लागि यो खुसीको कुरा नहुने कुरै भएन ।

नेपालको विद्युत् उत्पादन र वितरणको अवस्था दुई बर्ष अगाडि र अहिले खासै परिवर्तन भएको छैन । केहि नगन्य मात्रामा बाहेक ठुला जलविद्युत आयोजना केन्द्रीय प्रशारण लाईनमा जोडिएका छैनन् । आम नागरिकलाई सरकारको सानो यो प्रयासले खुसी र काममा सहजता ल्याइदिएको छ । नागरिकमा सरकारले चाहेमा गर्न सक्ने रहेछ भन्ने आशा पनि यो कार्यले जगाएको छ ।

संविधान जारी भएपछि एमाले(माओवादी गठबन्धन गरेर निर्माण भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादीले आफ्नो समर्थन फिर्ता लियो । त्यसपछि नेपाली कांग्रेससंग मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने ।

प्रधानमन्त्री बनेपछि दाहालले नेपाल विद्युुत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरे । काम गर्न काविल कर्मचारी घिसिङले सर्वप्रथम काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त गरी आफ्नो प्राधिकरण सुधारको अभियान सुरु गरे ।

त्यसपछि विस्तारै उनले प्राधिकरणमा रहेका कमिकमजोरी सुधार्न व्यवस्थापनमा रहेका कर्मचारी परिवर्तन गरे । विस्तारै उनको कार्यको प्रभाव बढ्दै गयो र मुख्य सहर र देशैभर घरेलु उपभोगमा विद्युत् कटौती हुन छाड्यो । केहि दिन अगाडीबाट देशभर उद्योगमा समेत विद्युत् कटौती नहुने घोषणा गर्दै सरकारले मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको छ ।

प्राविधिक कमजोरीले कतैकतै विद्युत् नियमित रूपमा आपूर्ति हुन नसक्ने छिटफुट घटनाबाहेक अब कसैले पनि विद्युुत् कटौतीको मार खेप्नु नपर्ने सरकारको भनाई छ ।  विश्वमा नेपाल दोस्रो ठुलो जनस्रोत भएको मुलुक हो ।

यहा भएका अधिकांश नदिनालाबाट विद्युत उत्पादन गर्न सकिने भएकाले अपार सम्भावना भएको देशका रुपमा विश्वले चिन्छ । तर, लामो समयसम्म नीतिगत समस्याले विद्युत उत्पादन बढाउन नसक्दा आम नागरिक लोडसेडिङको मारमा पर्नु परेको थियो ।

संगै प्राधिकरणभित्र सुरु भएको कमिसनखोरको जालोले भएको विद्युतसमेत मनलाग्दी बेचीरहेको थियो । कुनै नियम पालना भएको थिएन । उद्योगहरू पूर्ण क्षमतामा चल्न पाएका थिएनन् । रोजगारी घट्दै गएको थियो । उनीहरूमाथि दण्ड र कारबाहीको प्रक्रिया अघि बढाउन राज्यपक्षले उचित ध्यान दिएको थिएन ।

आउने वर्षसम्ममा अहिलेको जडित क्षमता बढेर दुई हजार मेगावाट नाघ्ने निर्माण हुदै गरेका जलविद्युत आयोजना हेर्दा थाहा पाउन सकिन्छ । प्राधिकरण आफ्नै सक्रियतामा थपिएको उत्पादन र निजी क्षेत्रको बढ्दो सहभागिताले देशको मागअनुरूपको विद्युत् देशभित्रै उत्पादन हुने सम्भावना बढ्दो छ । यसलाई जोगाई राख्न र मुलुकलाई उज्यालो बनाउने क्रममा सरकार लागि रहनु पर्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan