Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसको नेतृत्व कमजोर हुँदा कम्युनिष्टलाई फाइदा !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं,४ जेठ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दुई ठूला कम्युनिष्ट पार्टी एक हुनु सकारात्मक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले दुई पार्टी मिल्नुले राष्ट्र निर्माणमा सकारात्मक प्रभाव पर्ने बताए ।

दुई ठूला दल मिल्दा नेपाली कांग्रेसलाई अझ बढि फाइदा हुने उनको दाबी छ । तर विगतमा कांग्रेसका सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कम्युनिष्टहरुले मौका पाएको उनले आरोप लगाए ।

“कांग्रेसको नीति, दृष्टीकोण, विचार, कार्यकर्ता नराम्रो भएर होइन, नेतृत्वको स्वार्थ र कमजोरीका कारणले कांग्रेस कमजोर भएको हो ।” उनले भने ।

“कांग्रेसमा नयाँ नेतृत्व निर्माण गर्न बाध्य हुन्छ । कम्युनिष्टसँग प्रतिपर्धा गर्न संगठन मजबुत बनाउन बाध्य हुन्छ । समयअनुसार चल्न कांग्रेस बाध्य हुन्छ ।” उनले भने ।

दुई दल मिलेर चुनाव लडेपछि नै एकता पनि हुन्छ भन्ने आफूलाई लागेको उनले बताए ।

“मैले कहिल्यै पनि एकता हुँदैन भनिन् । तर एकता हुँदैन भन्ने पनि धेरै थिए । एकतामा विश्वास नगर्ने काग्रेसका नेताहरुकै कारण कांग्रेसले चुनावमा पराजय बेहोरेको हो ।” भण्डारीले भने ।

अबका दिनमा सत्तापक्षले प्रतिपक्षलाई सम्मानजनक व्यवहार नगरेमा सत्तापक्षलाई घातक हुन सक्नेप्रति भण्डारीले सचेत गराए ।

“जहिलेसम्म हारेका सिंहलाई गाली गरिरहन्छ, तबसम्म सकारात्मक नतिजा आउँदैन ।” उनले भने ।

राजनीतिक स्थिरता र विकासका लागि नेताहरु इमानदार हुनुपर्ने उनको तर्क छ । नेपाल कम्युनिष्ट पार्टीले देश बनाउनुभन्दा अगाडि पार्टीभित्रको विकृति नियन्त्रण गर्नुपर्ने उनको सुझाब छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan