Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छायांकनका लागि घरबाट हिंडेकी अभिनेत्री मनिषा मोटरसाइकल दुर्घटनामा मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ६ आइतबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री मनिषा रायको सडक दुर्घटना निधन भएको छ।

उनको उत्तर प्रदेशको बलिया शहरमा भएको दुर्घटनामा परि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मनिष चलचित्र छायांकनका लागि मोटरसाइकलमा मनियार जाँदै गर्दा दुर्घटना भएको हो। मनिषा चढेको मोटरसाइकललाई कारले ठक्कर दिँदा मनिषाको दुर्घटना स्थलमा मृत्यु भएको समाचारमा जनाइएको छ।

मोटरसाइकल चलाइरहेका संजिव मिश्र गम्भिर घाइते भएका छन्। यो घटना शुक्रबार राति साढे आठ बजे भएको थियो।

दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते संजिवलाई अस्पताल पुर्याएको थियो भने मृत्यु भएकी मनिषाको शवलाई पोस्टमार्टमका लागि रिफर गरेको थियो।

मनिषा भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री हुन्। उनको कोहबर चलचित्र निकै चर्चित रहेको थियो। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan