Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक रञ्जिताको ‘मुसुक्क ङेमा’ गीतको भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ७ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापा मगरको संगीत रहेको छ ।

गायक लामाको सार्वजनिक भएका प्रायः सबै गीतहरु लोकप्रिय रहेका छन् । तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल गायक लामा पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् ।

सार्वजनिक भएको भिडियोमा मिलन लामा र उर्मिला तामाङको अभिनय रहेको छ । दीपेन्द्र भट्टको छायांकन र सम्पादन रहेको भिडियोमा ड्रोनबाट भने सुरेश घिसिङले खिचेका थिए । प्रतिभा चाम्लिङको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई एमवि गुरुङले निर्देशन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan