Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

​धरातल बिर्सदा करोडपतिबाट रोडपति ! बाजेको सेकुवाका चेतन 'जोगी' बन्ने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ८ जेठ । नेपालमा रातारात करोडपति भएर फेरि सडकमा झरेका व्यक्तिहरु धेरै छन् । पैसाले मात्तिदा र आफ्नो धरातल बिर्सदा धेरै जना करोडपतिबाट रोडपतिमा झरेका छन् ।

३३ किलो सुन तस्करीले पनि धेरैलाई त्यस्तै अवस्थामा ल्याएको छ । जसमध्ये एक हुन् बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारी ।

अमेरिकासम्म आफ्नो रेस्टुरेन्टको चेन फैलाइसकेका भण्डारी यतिबेला फरार छन् । सुन तस्करीका लगानीकर्तामध्ये मुख्य व्यक्तिका रुपमा उनीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

एक उदयमान युवा व्यवसायीको रुपमा पहिचान बनाएका भण्डारी सुन तस्करीमा मुछिएपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । सुन तस्करीकै पैसाबाट उनले आफ्नो व्यवसाय फैलाएको समेत आरोप लागेको छ ।

उनका बुबा कुनै समय विमानस्थलमा पोलेको मकै बेच्थे । त्यसपछि एयरपोर्टको एउटा टहरोमा सेकुवा पोलेर बेच्न थाले । धेरैले उनलाई बाजे नामले बोलाउने भएकाले सो टहरोको नाममा बाजेको सेकुवा हुन पुग्यो ।

पछि त्यही नाम राखेर सेकुवा बेच्न थाले । पसल राम्रोसँग चल्दै गएपछि छोरा चेतन पनि बुबाकै व्यवसायमा लागे । तर, जब सम्पत्ति कमाउँदै गए, आफ्नै बुबालाई समेत साझेदारीबाट हटाइदिए ।

ठाउँ ठाउँमा बाजेको सेकुवाको शाखा थप्दै गए । पैसा राम्रो कमारहेका थिए । प्रहरीदेखि, पत्रकार नेतासम्म सबैलाई साथी बनाएपछि उनको उन्माद बढ्दै थियो ।

पैसा भए जे पनि गर्न सकिन्छ भन्ने भ्रम उनमा बढ्दै गयो । गलत संगतमा पनि उनी पर्दै गए । डिल्लीबजारमा एक जुवाघरमा उनी एक हजार रुपैयाँ प्वाइन्टमा म्यारिज खेल्न पुग्थे ।

सुन तस्करहरुसँग पनि उनको सामिप्यता बढ्दै गयो । घर नजिकै भएकाले चुडामणि उप्रेती गोरेसँग उनको दोस्ती बढ्यो ।

सुन तस्करीमा ठूलो आम्दानी भएको भन्दै उप्रेतीले प्रलोभनमा पारेपछि उनले पनि लगानी गर्न थाले । सुन तस्करीको मिटिङ हुन थाल्यो । प्रहरीदेखि नेतासम्मलाई सेटिङ मिलाएकाले केही पनि नहुने गोरेले आश्वस्त बनाएका थिए ।

पैसाको मोह बढ्दै गएकाले उनले पनि लगानी गर्न थाले । सोही अनुसार यतिबेला उनी भूमिगत बनेका छन् । अमेरिकामा शाखा खोल्न गएका उनी त्यतै लुकेर बसेको बताइन्छ ।

एउटा रमाइलो पक्ष के फेला परेको छ भने उनलाई सधैं एउटा चिन्ता थियो । साथीहरुलाई भन्ने गर्दथे–मलाई ४० वर्ष पुगेपछि ज्योतिषले जोगी बन्छन् भनेको छ यार ।

उनको जीवनमा ज्योतिषको सल्लाह अचम्मैसँग मिलेको छ । ४० वर्षकै उमेरमा उनको यात्रा ओरालो सुरु भएको छ । एकातर्फ सुनको मुद्दामै उन्मुक्ति पाउन उनलाई कठिन छ, दृष्टिमा उल्लेख छ ।

त्यसपछि पनि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गर्ने छ । ज्योतीषले गरेको भविष्यवाणी उनको जीवनमा ठ्याक्कै मिलेको छ ।   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan