Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवादमा आइरहने ‘सेक्सी’ साहना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । मिस नेपालमा सहभागी गरी मिडिया र फिल्म क्षेत्रमा सक्रिय हुने कम छैनन् । यो सक्रियतापछि केही
गुमनाम भए, केही अघि बढे । विवादमा भने कमै मात्र आए । यस्तै विवादबाट मुक्त हुन नसकेकी पात्र हुन्, साहना बज्राचार्य ।

बज्राचार्य ८ वर्ष अघि मिस अर्थकी नेपाल प्रतिनिधित्व गर्ने युवती हुन् । मिस नेपालको फस्र्ट रनरअप भएपछि उनी मिस अर्थमा सहभागी हुन पुगिन् जहाँ उनले निसन्देह विकिनी अवतारमा सुन्दरता छरिन् । मिस नेपाल हुँदै मिडियामा छाएकी सहाना यसबीच धेरै विवादमा तानिएकी थिइन् ।

अहिले पनि टेलिभिजनमा लाइभ कार्यक्रम प्रस्तोता रहेकी सहाना के–के विवादमा तानिएकी थिइन् त ? साहना उनका कार्यक्रम प्रस्तोता सूरज गिरीसँगको प्रेम र सम्बन्धका कारणले चर्चामा आएकी थिइन् । कान्तिपुर टेलिभिजनको ‘कल कान्तिपुर’ चलाउने यो जोडीले विवादास्पद घटना व्यहोरेपछि त्यहाँबाट विदा लिनु परेको थियो ।

०७१ मा चितवन प्रहरीले सहाना र सूरजलाई आपत्तिजनक अवस्थामा सडकमा गाडीबाट पक्राउ गरेको थियो । उक्त घटनापछि दुवैले कान्तिपुर टेलिभिजन छाड्नु परेको थियो । त्यसपछि नेपाल टेलिभिजन–२ मा सोही शैलीको कार्यक्रम यो जोडीले उत्पादन गरी प्रशारण गर्दै आइरहेको छ ।

सोही पेरिफेरिमा एउटा फिल्मको कार्यक्रममा पुग्दा पत्रकार अनुप भट्टराईमाथि आक्रमण गर्दै अपशव्द बोलेका कारण साहना अर्को विवादमा फँसिन् । भट्टराईले अभिनेत्री निशा अधिकारीको तस्बिर लिन खोज्दा साहना आक्रामक भएर प्रस्तुत भएकी थिइन् ।

पछि उनले माफी माग्नु परेको थियो । उता फोन गरेर अश्लील गाली गरेको आरोपमा गिरीसहित साहनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । फोन गरेर तथानाम गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै भारतीय व्यापारी हर्षवर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखमा उजुरी गरेपछि गिरी र बज्राचार्यलाई पक्राउ गरिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan