Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लभ स्टोरी र एक्शनमा जय शम्भुको फष्टलुक सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको फिल्म जय शम्भुको औपचारिक रुपमा निर्माण पक्षले फष्टलुक सार्वजनिक गरिएको छ ।

मिडियालाई जानकारी गराउँदै निर्माण पक्षले फिल्मको पहिलो प्रचार साम्रागी स्वरुप दुई पोष्टर सार्वजनिक गरिएको हो । अनुमानित गरिएको समय र बजेट भन्दा निकै गुणा बढि बजेटमा तयार भएको जय शम्भुमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमिका रहेको छ ।

तीनै जना प्रस्तुत गरिएको फिल्मको दुई पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन दोखाईएको छ । जसमा बर्षालाई साक्षि बनाईएको छ । यस्तै अर्को पोष्टरमा अनुप विक्रम शाही र बर्षा शिवाकोटीको लभ रोमान्स देखाईएको छ ।

फिल्म भित्र अनुप र प्रशान्त कुन भुमिकामा प्रस्तुत छन् भने पोष्टरमा देखाईएको छैन । एक्शन लभस्टोरी भनिएको फिल्मको बजेट निकै हाई भएको निर्माण पक्षले बताईएको छ ।

आगामी भाद्र १ गते देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको फिल्म जय शम्भुलाई राजधानीमा बिके फिल्मस्का गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

यस्तै राजधानीको लागि बिके फिल्मस्सँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् । फिल्म जय शम्भुबाट जयन श्रेष्ठले वितरणमा हात हाल्न लागेका हुन् ।

दिनेश शाही प्रस्तुत कर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

पछिल्लो समय फिल्म क्षेत्रमा एक्शनको रुपमा आस देखाईएका दुई कलाकार प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीका कारण पनि जय शम्भुको प्रचार फिल्म क्षेत्रमा तिव्र भएको छ ।

फिल्मका निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारी गराईएको छ ।

फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना अािदको मूख्य भुमिका रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan