Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा तीनको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार | (रासस)
newsabhiyan
newsabhiyan

भक्तपुर, ९ जेठ । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ । टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan