Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अटोरिक्साका कारण ट्राफिक ब्यबस्थापनमा असर भएपछि मन्त्रालयमा पत्राचार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, ९ जेठ । चितवनको भरतपुर महानगरपालिकाभित्र अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि महानगरले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको छ ।

महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरी महानगरभित्र सञ्चालन हुने गरी इरिक्सा वा अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्नका लागि पुनः पत्राचार गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको सो पत्रमा यसअघि गत वर्षको जेठ ७ र भदौ २१ गते यस कार्यालयबाट पत्रचार गरिएकोमा दर्ता प्रक्रिया रोकिएको भनी कार्यालयमा पत्र प्रेषित भएको तर, तीन पाङ्ग्रे अटो रिक्सा दर्ताको प्रक्रिया नरोकिएको उल्लेख छ ।

पत्रमा अटो रिक्सालाई यस महानगरपालिकाभित्र अनुमति दिन नसकिने हुँदा यसरी महानगरपालिकाको स्वीकृतबेगर अटो रिक्सा वा अन्य तीन पाङ्ग्रे सवारी साधन महानगरपालिकाको क्षेत्रभित्र सञ्चालन हुने गरी दर्ता अनुमति रोक लगाइदिन आग्रह गरेको छ ।

जिल्लामा इरिक्सा एक हजार र अटो रिक्सा तीन हजारभन्दा बढी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार ७० प्रतिशत हाराहारी तीन पाङ्ग्रे इरिक्सा र अटो रिक्सा महानगरको मुख्य बजार क्षेत्रमै गुड्ने गर्छन् ।

जिल्लामा मोटरसाइकलको संख्या ७० हजार छ । तीन पाङ्ग्रे चलाउने ४० प्रतिशतको चालक अनुमतिपत्रसमेत नभएको उनलेे बताए ।

यस्तै, भरतपुर महानगरपालिकाले फुटपाथको व्यापार हटाउने भएको छ । महानगरका प्रमुख रेणु दाहालको अध्यक्षतामा बजार व्यवस्थापन समितिको बैठकले आउँदो जेठ १४ गतेदेखि नारायणगढ क्षेत्रमा फुटपाथको व्यापार बन्द गराउने निर्णय गरेको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan