Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नापीका हाकिम लुसुक्क कता ?, डोलिन्द्रको पुरस्कारको नौटंकी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ९ जेठ । आफ्नो हाकिमको महिलासँगको सम्बन्धबारे नापी विभागको क्यान्टिनमा आजभोलि बाक्लै चर्चा हुने गरेको छ ।

युवतीप्रेमी महानिर्देशक गणेशप्रसाद भट्ट इभिनिङ वाक भन्दै हरेक साँझ नापीकै महिला कर्मचारीको डेरामा पुग्ने गरेको प्रसंग कसैले सुनाउँदा पनि कर्मचारीहरुले त्यसलाई आश्चर्यका रुपमा भन्दा पनि स्वाभाविक रुपमा लिने गरेका छन् ।

नापीकै प्रांगणमा सुनाइएको कथनअनुसार महानिर्देशक भट्टको घर इमाडोलको बोझेपोखरीमा छ । उनी हरेक बेलुकी क्याप लगाएर इभिनिङ वाकमा निस्किन्छन् । १५ मिनेट टाढा एउटा घरमा १५ मिनेटजति आराम गर्छन् । त्यो घरमा नापी कार्यालय ललितपुरमा करारमा कार्यरत एक महिला कर्मचारी डेरा बस्छिन् ।

त्यति मात्र होइन, उनी खरदारभन्दा तल्लो तहका महिला अमिनका अगाडिसमेत लुत्रुक्क पर्ने गरेका छन् । उनलाई भर्खर अमिन पास गरेको केटीहरुले पनि उनकै कार्यकक्षमा थर्काउने गरेका छन् ।

केही दिनअघि प्रमुख नापी अकिृतहरुकै अगाडि भट्टकै कार्यकक्षमा एक महिला अमिनले उपरखुट्टी लगाउँदै मलाई कसले सरुवा गर्दो रहेछ हेरौला भन्दै भट्टलाई त्यहीँ हप्काइन् । तर, डीजी ङिच्च हाँसेरै बसे । उनको यो हविगत देखेर प्रमुख नापी अधिकृतहरु पनि लाजले पानीपानी भएका थिए ।

डोलिन्द्रको पुरस्कारको नौटंकी
साझा प्रकाशनका कर्मचारीहरुले तबल नपाएको नौ महिना बितिसक्यो । तर, अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने कर्मचारीलाई कसरी तलब दिने भन्नेतिर चासो राख्नुको साटो साझा पुरस्कार बाँड्ने नौटंकी गरेका छन् ।

केही दिनअघि मात्रै साझाले साझा पुरस्कारको घोषणा गरेको हो । २०७३ सालको साझा पुरस्कार जय छाङ्छाको किताब दोहाको सिधा उडानलाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी ५१ ह्जार रुपैयाँ रहेको छ । साझा पुरस्कारका साथै गरिमा सम्मान र साझा लोकसाहित्य पुरस्कार पनि दिने निर्णय गरिएको छ ।

यसअघि २०६९ सालमा ठाकुर बेलवासेलाई साझा पुरस्कार दिइए पनि अहिलेसम्म बेलवासले सो पुरस्कारवापतको रकम पाउन सकेका छैनन् । बेलवासेले आफूले साझा पुरस्कारवापतको ५१ हजार रुपैयाँ नपाएको कुरा बताउँदै आएका छन् ।

तर, बेलवासेले पुरस्कारको रकम नपाए पनि महाप्रबन्धक शर्माले बेलवासेकी श्रीमतीलाई भने साझामा करारमा नियुक्त गरेर पुरस्कारको रकमबापतको क्षतिपूर्ति तिरेको चर्चा हुँदै आएको छ । २०७० र २०७१ सालमा साझाले खासै पुस्तकहरु नछापेको हुँदा ती दुई वर्षको पुरस्कार भने दिइएको थिएन ।

२०७२ सालको पुरस्कार भने अन्तिम समयमा आएर रद्द गरिएको थियो । अहिले अमेरिकामा बसिरहेका गोविन्द गरिी प्रेरणाले सो वर्षको साझा पुरस्कार आफूले पाउने हल्ला व्यापक रुपमा चलाएपछि अन्तिम समयमा आएर सो पुरस्कार नै रद्द गर्नुपरेको थियो ।

एक वर्षको पुरस्कारको राशी पुरस्कृत स्रष्टा नपाए पनि अध्यक्ष शर्माले लोकप्रिय हुनैका लागि कर्मचारीहरुलाई लब नखुवाई नखुवाई पुरस्कार दिने घोषणा गरेका छन् । नौ महिना बितिसक्दा पनि साझाको केन्द्रीय कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुले तलब पाउन सकिरहेका छैनन्, बुधबारमा उल्लेख छ ।

तर, केन्द्रीय कार्यालयमा कार्यरत करारका कर्मचारीहरुले भने पुससम्मको तलब पाइसकेका छन् । कुनै कुनै शाखाका कर्मचारीले भने चैतसम्मको तलब लिइसकेका छन् । अहिले साझामा स्थायी ७२ र करारमा ५१ कर्मचारी कार्यरत छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan