Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मागअनुसारको जनशक्ति उत्पादन गर्न शिक्षामा जोड दिनुपर्छ – तिमिल्सिना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार | रासस
newsabhiyan

फलेवास पर्वत, ९ जेठ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समृद्धिको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पर्वतको मोदी गाउँपालिका–४ हलहलेस्थित हलहले आधारभूत विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा स्थायी सरकार आउनु र जनचाहना बमोजिमको नीति तथा कार्यक्रम ल्याउनुले समृद्धितर्फको पाइला शुरु भएको दर्शाउँछ भन्नुभयो ।

“जनताले मुलुकमा समृद्धि र स्थायित्वको खोजी गरिरहेका छन्,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो – “जनताको समृद्धिको चाहना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने विश्वासमा छौँ ।”

उहाँले मुलुकको मागअनुसारको जनशक्ति उत्पादन गर्न शिक्षालाई राज्यले विशेष जोड दिनुपर्ने बताउँदै उच्च माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य गर्न आवश्यक भएकामा जोड दिनुभयो ।

आकाइहने क्युदो जापानको आर्थिक सहयोग, असल छिमेकी अन्तर्राष्ट्रियको आर्थिक तथा प्राविधिक सहयोगमा सोर्डेक नेपाल पर्वतले अभिभावकको जनश्रमसहित रु ६९ लाखमा चारकोठे पक्की भवन निर्माण गरेको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan