Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, ९ जेठ  ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई पूर्णता दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटास्तरको गत वैशाख २८ को निर्णयअनुसार नेपाल पत्रकार महासंघको सिफारिशमा रिक्त तीन सदस्यको नियुक्तिसँगै समितिले पूर्णता पाएको हो ।

महासंघको सिफारिशमा श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा ११ बमोजिम दुई वर्षका लागि नियुक्त पत्रकार केपी गौतम, दिलीपाश्री अधिकारी र राजु लामाले आज सञ्चारग्रामस्थित समितिको कार्यालयमा बहालीसहित बैठकमा सहभागी हुनुभयो ।

उहाँहरुलाई समितिका अध्यक्ष गंगाधर पराजुलीले स्वागत गर्नुभएको थियो ।

कूल १३ सदस्य रहने समितिमा यसअघि कहिल्यै पनि पूर्ण सदस्य हुन नसकेको स्थितिमा पहिलो पटक पूर्णता पाएको सदस्य गौतमले जानकारी दिनुभयो ।

समितिले ऐनको कार्यान्वयनको अनुगमन र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सिफारिशसहित वार्षिक प्रतिवेदन तयार गर्दै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan