Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दरबारमार्गका प्रमुख डिएसपी मल्लको नेतृत्वमा कालो हिरासहित आठ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ९ जेठ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्ल नेतृत्वको प्रहरी टोलीले बुधबार कालो हिराका कारोबारीलाई पक्राउ गरेको छ ।

कालो हिराको कारोबार हुँदै गरेको गोप्य सूचनाका आधार गएको मल्ल नेतृत्वको टोलीले लैनचौर क्षेत्रबाट ८ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले खोजतलास गर्दा लैनचौरका ४४ वर्षका रमेश रजकले दुई वटा कालो हिरा ३ करोड रुपैयाँमा विक्री गर्न मोलमोलाई गर्दै गर्दा उनीसहित अन्य ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका –८, घर भई हाल काठमाडौँ लैनचौर बस्ने ४० वर्षका अजित अधिकारी, धादिङ त्रिपुरा गाउँपालिका–४ घर भई काठमाडौँ बालाजु बस्ने २६ वर्षका उत्तम सिटौला, नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौँ कपन बस्ने २३ वर्षका विवेक श्रेष्ठ छन् ।

यस्तै काठमाडौँ तारकेश्वर–१ का २२ वर्षका रमेश मगराती, गोरखा सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौँ नयाँबजार बस्ने ३३ वर्षका मुक्तिप्रसाद धिताल, नुवाकोट चतुराले–६ घर भई काठमाडौँ बसुन्धरा बस्ने २६ वर्षका सागर गोतामे र नुवाकोट विदुर नगरपालिका–७ घर भई काठमाडौँ बालाजु बस्ने २४ वर्षका राज विक रहेका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको छ । घटना सार्वजनिक भएसँगै लैनचौर इलाकामा कालो हिराको कारोबार हुने गरेको रहस्य खुलेको छ

भक्तपुर: काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बा३ख ६६७४ नम्बरको टिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको महानगरीय प्रहरीवृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

मृत्यु हुनेमा दोलखा मेलुङ-६ घर भई हाल मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीनैजनाको शव भक्तपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ । टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan