Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुक्रबारबाट देशभर चलचित्र ‘अफिसर’ प्रदर्शनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चलचित्र ‘अफिसर’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने भएको छ । उपेन्द्र तिमिल्सिना निर्देशित यो फिल्म अभिनेत्री रिचा शर्माको ‘सुनकेसरी’ सँग भिड्न लागेको हो ।

आफ्नो चलचित्र एकल आउने भएकोमा केही दिन अगाडीसम्म रिचा निकै खुसी देखिएकी थिइन् । यो अचानक आउँनले उनको चलचित्रको ब्यवसायलाई केही ह्याम्पर पर्ने देखिएको छ ।

‘शुक्रबार एकमात्र चलचित्र भएकोले अफिसर ल्याउन लागेको हो’ प्रस्तुतकर्ता निरन्जन शर्माले भने ‘चलचित्रले राम्रो चलचित्र भवन पाएको छ ।’ एक्सन बिषयमा बनेको यो चलचित्रले ब्यवसाय पनि राम्रो गर्न सक्ने उनको भनाई रहेको छ ।

एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको चलचित्रमा निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय रहेको छ । शशी बिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपना सिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan