Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ बैंक भित्र–भित्रै खोक्रो ! कर्मचारी भर्नादेखि लोन प्रवाहसम्म कमिसन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १० जेठ । नेपाली बजारमा च्याउ सरी उम्रिएका विकास बैंकहरु पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा तानिने क्रम जारी छ । आफूलाई सबल र सक्षम बैंक भन्दै बजारमा आएको मुक्तिनाथ विकास बैंकभित्र स्याङ्जालीहरुको शासन सुरु भएको छ ।

बैंकले सोचे जस्तो राम्रो मुनाफा दिन सकेको छैन् । नेपाल डेभलपमेन्ट बैंकर संघका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका सीईओ भरत ढकाल बैंक संचालक समितिको निर्णयबाट बर्खास्त भएका छन् । ढकालको मुक्तिनाथ विकास बैंकमा २५ प्रशित भन्दा बढी सेयर रहेको भन्दै राष्ट्र बैंकले हटाउन निर्देशन दिएपछि ढकाल हटाइएको स्रोतले बतायो ।

मुक्तिनाथ बैंकमा ग्लोबल आईएमई बैंकबाट गएका प्रद्युम्न पोखरेल सीईओ भएका छन् भने डिपुटी सीईओ स्याङ्जाली बैंकर तारा मानन्धरलाई ल्याइएको छ । सीईओ पोखरेल ग्लोबल बैंकबाट कर्जा दुरुपयोग काण्डबाट हटाइएका तथा सम्पूर्ण सुविधा लिएर हिँडेका दलाली बैंकर हुन् ।

दुवै स्याङ्जालीहरुको संगम थलो मुक्तिनाथ विकास बैंक बनेको छ । मुक्तिनाथ बैंकका सीईओ पोखरेल कर्जा दुरुपयोग काण्डमा मुछिएपछि उनी हटाइएका हुन् । उनी कमिसन विना काम गर्दैनन् । उनी सीईओ भएपछि मुक्तिनाथ बैंकबाट राम्रो छवि भएका तीन दर्जन कर्मचारी जागिर छाडेर अरु बैंकमा गएको स्रोतको दाबी छ ।

उनी मेगा बैंक लिमिटेडमा रहँदा उनकै संलग्नतामा टुरिजम बैंकको प्यामेन्ट काण्डको चेक मेगाबाट राफसाफ भएको भेटिएपछि उनलाई हटाइएको थियो ।

हालै प्रभु बैंकबाट मुक्तिनाथ बैंक पुगेका स्याङ्जाली बैंकर तारा मानन्धर कमिसनबिना काम नगर्ने, कतैबाट बैंकमा डिपोजिट नल्याउने तथा कर्जा प्रवाहमा आर्थिक लाभ लिएपछि समितिले कारबाही समेत गरिएका बैंकर हुन् ।

मुक्तिनाथ बैंकले लघुवित्तीय कारोबारको नाममा चर्को २०–२२ प्रतिशतको कर्जा प्रवाह गरी र नक्कली नारा तयार पारी जनता ठगी गर्ने गरेको स्रोत बताउँछ । सबै संचालक समिति सदस्य र व्यवस्थापन टिममा स्याङ्जालीहरुको  राज्य चलेको छ । 

तामझामका साथ काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय स्थापना गरी कारोबार गरेको दुई वर्ष भए पनि राजधानीमा सोचे जस्तो व्यापार बढाउन सकेको छैन् । मुक्तिनाथ बैंक भित्र भित्रै धमिरा लागेको छ । उक्त बैंकलाई राष्ट्र बैंकले कडा निगरानीमा राखेको एक डिपुटी गभर्नरले बताए ।

भरत ढकाललाई सीईओबाट हटाएपछि हालका सीईओ पोखरेलले कर्मचारी भर्नादेखि लोन प्रवाहसम्ममा कमिसन लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan