Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साहित्य: मैले सुनेको अन्तिम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan
newsabhiyan

जित ओझा~ भाग २
“तँपाइ खाली अफिसको टेन्सन घरमा ल्याउनु हुन्छ, अनि टाउको दुख्यो भन्नुहुन्छ !” मेरी श्रीमतिले निधार सुम्सुम्याउँदै भनी। उसको अघी म केटाकेटी जस्तै हुन्छु। साना साना दुखले पिरोलिन्छु।साना साना ठोकरमा चकनाचुर हुन्छु जस्तो गरी डराउँछु।साँचै म पुल्पुलिएको छु उसको चाहिने भन्दा वढी माया पाएर,अझ वढी खोज्छु,अझ वढी पाउँछु ,अझै असन्तोकी वन्छु उ आफ्नो मायाको दायरा वढाउँछे, मेरो क्षितिज वढ्छ अनी म फेरि रमाउँछु।

“आज अचम्मको मान्छे सँग भेट भयो !” मैले चिया सुरुप्प पार्दै उसको कथा सुनाउन चाहेँ।
“भयो सुन्नु छैन, तँपाइका अचम्मका मान्छेहरुको कथा!तँपाइलाई टेन्सन दिने कथा ” उसले खासै सुन्ने रहर देखाइन।

मैले झसंग सम्झेँ उसका वाक्यहरु ” दुनियाँ अचम्मको छ, मैले भोगेको मेरो जीवनलाई कथा भन्छ!” उ टेन्सन थियो वा थिएन त्यो मलाई थाहा छैन, तर मैले उसलाई घर लिएर आएको सत्य थियो। उसका वाक्यहरु म यहाँ पनि महसुस गरिरहेको थिएँ।उसको गहिरो आँखा कतै मलाई नै चिहाइरहे जस्तो लाग्थ्यो। ” वाँकी भोलि सुनौँला !” भनेर म वाहिर निस्केको थिएँ आज । के मैले उसको सामना गर्न सकिन त ? उसले के नै भनेको थियो र ?

तर पनि म थोरै हच्किएको थिएँ, थोरै कमजोर वनेको थिएँ। एउटा सत्य के थियो भने उ उसकी श्रीमति सितालाई मन देखि साँचो माया गर्थ्यो , र उसैले उसको हत्या पनि गरेको थियो।खोइ त दुइ सत्यमा समानता, किन दुइ पृथक सत्यहरु एक आपसमा वाझ्दैथिए, उसले पत्र पत्र गर्दै खोल्ने नै थियो, तर आज मैले सुन्न सकिन, मेरो टाउको भारी भएपछि म कोठा वाट वाहिर निस्किएको थिएँ।

“तँपाइ भाग्यमानी हुनुहुन्छ , अझै तँपाइसँग खुला आकाश छ!” उसले आफ्नो अर्ध मुस्कान मा म वाहिर निस्किन आँट्दा भनेको थियो। म सँग जवाफ थिएन, एउटा मौनता उसको जिम्मा लगाएर म वाहिर निस्किएको थिएँ।
“चिया सेलायो !” मेरी श्रीमतीले मेरो सोचको क्रम भंग गरी
“कसैले आफुले सवैभन्दा माया गर्ने मान्छेको हत्या गर्नु कति सम्भव छ ?” मैले मेरी श्रीमतिको आँखामा आँखा जुधाउँदै प्रश्न राखेँ !

उसले केहि वोलिन , मात्र मलाई नियाँलि। हो म सोचमग्न थिएँ। उसले मेरो दिमागमा कव्जा जमाएको थियो। उसले मलाई आफ्ना वाक्यले वाँधेको थियो। यहाँ स्थिति विपरित थियो, उ म सँग खेल्दैथियो, उत्तर दिने निहुँमा!
“त्यो हत्यामा भर पर्छ !” मायाले अचम्मको उत्तर दिई।

“भन्नाले ?” म प्रष्ट हुन चाहेँ मेरी मायाको उत्तरमा!
“कहिले काहिँ स्थिरता घस्रिनु भन्दा उत्तम हुन्छु, जव जीवन भन्दा मृत्यु सहज हुन्छ त्यति खेर त त्यो हत्या मोक्ष हुन्छ नि हैन र ?”
उसले प्रतिप्रश्न गरी ।म सोचमाँ परेँ।
 “तँपाई अहिले अलि वढी स्ट्रेसमा हुनहुन्छ जस्तो छ !” डक्टरले नाक खुम्च्याउँदै मेरो भाव पढ्न खोज्यो।
“मेरो काम नै त्यस्तै छ !” मैले पनि सहज जवाफ फर्काएँ।
“अलिदिन छुट्टी लिन सक्नुहुन्न ?” उसले समाधान निकाल्यो।
मैले झट्ट सम्झेँ, उ मलाई आफ्नो कथा सुनाउन वसिरहेको छ, मलाई त्यो सुन्न मन छ।
“अहिले अलि वढी काम छ !” मैले आफ्नो छुट्टिलाई टारेँ ।
“ठिकै छ ,यो दवाइले काम गर्छ !”

मैले उसका अक्षरहरु पढ्न चाहेँ। केहि पछारिएका थिए, केहि उठेका थिए अनि केहि जुर्मुराएर उड्न लागे जस्ता देखिन्थे, मलाई अझै मेरो टाउको दुखाउनु छैन, उसका अक्षरहरुवाट मैले आँखा अन्यत्र लगेँ। घडिले दश वजेको देखाउँदै थियो।
“म लाग्छु त त्यसोभए !”
उसको क्लिनिक मेरो अँध्यारो कोठाभन्दा वढी निस्सासिने छ, कसरी वस्छ होला यस्तो ठाउँमा !

“पहिलो चोटी मैले सितालाई देख्दा उ तेह्र,चौध कि हुँदी हो, म शहर वाट गाउँ मै वस्छु भनी गएको थिएँ, उ आफ्नो आगनमा आफ्नै वहिनीहरु सित खेल्दैथिई ! उसले वाटेको दुइ चुल्ठो,अनि रातो रिवन उ उफ्रिँदा सँग सँगै उफ्रिन्थ्यो , मैले धेरै वेर उसलाई नियाँले। उसका नेता वुवा त्यतिखेर प्रजातन्त्र आएकोमा खुशी थिए, गाउँमा साथीहरु जम्मा गरेर गरेका आन्दोलनका कथाहरु सुनाउँदैथिए, मलाई ति कुनै कथा थाहा छैन, मात्र सिता याद छ त्यो क्षणवाट,समानान्तर ति क्षणहरुमा उ यति प्रभावशाली थिई कि ,उसका वाउका आन्दोलनका कथाहरु गुम्सिएर ओइलिसकेजस्तो लाग्छ मेरो मानसपटलमा !”

उ एकछिन चुपभयो,अनि चुरोट सल्कायो !मैले सल्किँदै गरेको चुरोटलाई नियालेँ!
“के हेर्नु भएको, लत हो छुट्न गाह्रो हुन्छ!” उसले लामो सर्को तान्यो।
“अनी ?” म उसको कथामैँ फर्किन चाहेँ।

“समय वित्यो चार पाँच वर्षमा सिता किशोरी वाट तरुनी भई, मैले उ हुर्केको दिनदिन, पलपलमा नियालेँ, उसका केटा साथीहरु लाई इर्ष्याँ गरेँ, उसको हाँसोमा मेरो कान अभ्यस्त वन्यो तर सपनामा अझै पनि उ रातो रिवन लगाएर उफ्रिन्थी ! एक वाक्यमा भन्दा मेरा प्रत्येक इन्द्रियहरुमा उसले कव्जा गरी ! थाहा नभइकन उसले म माथी स्वामित्व प्राप्त गरी,एकाधिकार प्राप्त गरी !”

कथा वल्ल शुरुवात भएको थियो, उ खुल्दै थियो, म पनि त्यसैमा वग्दै थीएँ।
“आज तँपाइ लाई सन्चो छैन , कमजोर देखिनुहुन्छ नि !” उसले आफ्नो कथामा विश्राम लगायो।मैले अचम्म मान्दै उसलाई हेरेँ। के उसलाई थाहा छ, उसको कथाले मलाई पनि कव्जा गरेको छ ? म निदाउँन सकेको छैन, डक्टरको मा पुगेर भख्खर दवाइ लिएर आएँ। उ त यहि कोठामैँ छ !

कसरी थाहा भयो उसलाई?

“हैन , त्यस्तो केहि भएको छैन!” मैले लुकाउने प्रयास गरेँ।
“किन ढाँट्नु हुन्छ? ठिकै छ वाँकी भोलि सुनौँला न , के हतार छ र ! म त अव वर्षौँका लागि यो अँध्यारो भित्र छु, जहिले जहिले वत्ति वाल्नु हुनेछ हराएको म भेटिनेछु , त्यहि अँध्यारोको कोखमा !”

म अवाक भए, उ के सोच्छ , के वोल्छ मैले वुझ्न छोडेको छु विस्तारै , मात्र उसको कथा याद छ, अनि सिता याद छ।   : न्यूज अभियानका लागि साझा डट कमका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan