Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अघोषित लोडसेडिङले चितवनको जनजीवन कष्टकर , स्थानीय हैरान , सुन्दैनन् प्राधिकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , चितवन ,  १२ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वैशाख ३१ गते सोमबारदेखि देशैभर लोडसेडिङमुक्त भएको घोषणा गर्नुभयो ।

तर , उहाँको त्यो लोभलाग्दो घोषणाको जनताले खासै प्रत्याभुती गर्न पाएनन् । घिसिङले अघिल्लो बर्ष घोषणा गर्नुभएको लोडसेडिङ अन्त्यको जिल्लामा प्रभावहीन भएको आम सर्वसाधारणको बुझाइ छ ।

लामो समयदेखि रत्ननगरमा ब्याबसाय गर्दै आउनुभएका उमेश सिग्देलले केही दिनयता पुर्वी चितवनमा अचाक्ली रूपमा लोडसेडिङ हुने गरेकोमा दुखेसो पोख्नुभयो । उहाँकै कुरालाई आधार मान्ने हो भने यस क्षेत्रमा दैनिकी १५ देखी २० पटकसम्म बत्ती जाने र आउने गरेको छ ।

लोडसेडिङले उहाँलाई मात्रै पिरोलेको छैनन् कि यस्तै समस्या झेल्दै आउनुभएकी अर्कि होटल ब्याबसायी  सुमन गिरिको समेत गुनासो उस्तै छ । उहाँका अनुसार तत्कालीन उर्जामन्त्री जनादर्न शर्माको सक्रियतामा लोडसेडिङ मुक्त रहेको भनिएतापनि ब्याबहारिक रूपमा लागू नभएकोमा आक्रोश ब्यक्त गर्नुभयो ।

यस्तै , बिना जानकारी छिनछिनमै बत्ती जाने र आउने गरेकोमा सबैभन्दा पीडित उद्योग ब्याबसाय समेत छन् । अघोषित रूपमा गरिने यस्ताखाले लोडसेडिङले जिल्लाको जनजीवन समेत कष्टकर बन्दै गएको छ ।

यता , नेपाल विद्युत प्राधिकरण टाँडी बितरण शाखाको ०५६–५६०१६६ मा फोन गर्दा विद्युतको लाईन मर्मत गर्नुपर्ने, तार चुडिएको, आगलागी भयो , हावाहुरीले पोल ढल्यो, केन्द्रले नै लोडसेडिङ गरेको भन्दै अनेक बाहाना बनाउने गरेकोमा स्थानीय आक्रोशित छन् । यतिसम्मकी हामीले नै प्राधिकरण लाई टेेलिफोन गर्दा फोन व्यस्त बनाएर राख्ने गरेको समेत पाईएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan