Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिटलरको जस्तो उग्रवादी सोचले मुलुक चल्दैन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan
newsabhiyan

बीरगंज, १२ जेठ ।
नेपाल संघिय समाजवादी पार्टीको संगठित महिलाहरुको जिल्ला भेला आज वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजको हरिओम पार्टी प्यालेसमा सम्पन्न भेलाको उद्घाटन गर्दै पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानुले गाउँ गाउँमा हुने महिला हिंसा, अन्याय अत्याचारलाई समाप्त पार्न महिलाहरु थप सशक्त हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले सम्बोधन गर्दै नेता नाटक र नौटंकीले नभई सिद्धान्त र अग्रगामी सोचले हुने बताउदै हिटलरको जस्तै उग्रवादी सोच र नाजिवाद शोचले सर्वशक्तिमान बन्न सके पनि मुलुक नचल्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य विना देवी वैठा, कविता चौधरीले गाउँ गाउँमा भई रहेको महिला हिंसामा राजनीतिक आवरणमा केही दलालहरु सक्रिय रहेको र अब तिनीहरुको प्रतिकारमा महिला आफै उत्रिनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा पप्पु चौरसिया, बालेश्वर चौधरी, शंकर राउत अहिर लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैविच पार्टीका संगठित महिलाहरुको वृहत भेलाले नेपाल संघिय समाजवादी महिला जिल्ला तदर्थ समिति गठन गरेको छ ।

रैना वेगमको अध्यक्षतामा गठित तदर्थ समितिको सचिवमा अनिता कुमार चौधरी र सदस्यहरुमा अनिता देवी, राधिका देवी वैठा, पुष्पा देवी, नैनादेवी, सवारी देवी माझी, आशा देवी ब्राम्हणी, मिरा पासवान लगायत ३६ सदस्यीय रहेका छन् । कार्यक्रममा २ सय ८२ जना महिला कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan