Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चौधौँ कोरियाली चलचित्र महोत्सव शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan

काठमाडौँ, १२ जेठ (रासस) : कोरियाली कला तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि ललितपुरमा प्रारम्भ भएको कोरियाली सप्ताहअन्तर्गत चौधौँ कोरियाली चलचित्र महोत्सव शुरु भएको छ ।


दक्षिण कोरियाका पाँचवटा उत्कृष्ट चलचित्रको प्रदर्शनी आजदेखि शुरु भएको हो ।

यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले आयोजना गरेको उक्त महोत्सवको पुल्चोकस्थित लबिम मलको प्रेक्षालयमा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले पाँँँच किसिमका व्यावसायिक चलचित्र प्रदर्शनीमा समावेश गरिएका जानकारी दिँदै त्यसबाट कोरियाली कला संस्कृतिबारे बुझ्न नेपालीलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरियाली संस्कृति प्रवद्र्धन गर्न तथा कोरिया र नेपाल सम्बन्ध सदृढ तुल्याउन बल पुग्ने आशा पनि उहाँले प्रकट गर्नुभयो ।

आगामी पाँचदिनसम्म जारी रहने उक्त प्रदर्शनीमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कोरिया सप्ताहअन्तर्गत शुक्रबार कोरियाली संस्कृति झल्कने पोशाक प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरिएको थियो भने कोरियाली भाषा जान्ने नेपालीबीच वक्तृत्वकला प्रतियोगिता पनि भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan