Monday 25th of June | २०७५ असार ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्रि शाह द्वारा बाल शैक्षिक अभियानको उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार |
newsabhiyan
newsabhiyan

राजविराज ,१२ जेठ । विद्यार्थी भर्ना अभियान सुरु भएपछि सक्षम फाउण्डेसन नेपालले सप्तरीमा शैक्षिक सामाग्री वितरण गरेको छ।

आर्थिक अभावका कारण विद्यालयभन्दा बाहिर रहेका विपन्न परिवारका विद्यार्थीको भर्नासँगै फाउण्डेसनले तिलाठी कोइलाडी गाउँपालिका ६ स्थित श्री रा।प्रा।वि मधेपुरामा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको हो।


प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र डा. सी.के.सिंहद्वारा गमलामा पानी हालेर उद्घाटन गरिएको समारोहमा ८७ जना गरिब तथा दलित विद्यार्थीलाई पोशाक, झोला, एक  दर्जन कपी, पाँचवटा पेन, एक दर्जन पेन्सिल, २(२ वटा कटर र इरेजर तथा शैक्षिक क्यालेण्डर वितरण गरेको छ।

विपन्न परिवारका बालबालिकाको पठन पाठनमा सहयोग गर्दै नियमित विद्यालय जानका लागि प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरिएको फाउण्डेसनले जनाएको छ।


प्रमुख अतिथि भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह र  तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रम उद्घाटनका अवसरमा गाउँपालिका अन्तर्गतका १७ ओटा विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्षहरु, नागरिकसमाज , जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधि,  बुध्जीबी , समाजसेवी , पत्रकार , सल्लाहकार सुभाष चन्द्र बिराजी , सद्भावना दुत प्रिया रानी लामा लगायत ३०० जनाको उपस्थिति रहेको थियो ।

डा. सी.के. सिंहका अनुसार अहिले पनि चरम गरिबीका कारण शैक्षिक सामग्री किन्न नसक्दा विद्यालय जानबाट बञ्चित रहेकोले शिक्षाको पहुँचबाट देशका कुनै पनि समुदायका बालबालिका बञ्चित नरहोस् भन्ने उद्देश्यले आफुहरुको सामुहिक पहलमा ७७ ओटै जिल्लामा अभियान थालिएको छ ।

फाउण्डेशन दातृ निकायको सहयोगमा विश्वास नगर्ने भएकोले आवद्ध सदस्यहरुबाट संकलित स्वेच्छिक सहयोगबाट अभियान अगाडि बढाईएको उनले बताए ।

सक्षम फाउण्डेसन नेपालले बल शैक्षिक अभियानसँगै निशुल्क स्वास्थ्य शिविर, दैवीप्रकोप प्रभावितको उद्धार तथा सक्दो सहयोग ,बालविवाह र दाइजो उन्मूलन अभियान सञ्चालन गरिरहेको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan