Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मृतक मोटरसाइकलका चालकको सनाखत हुन सकेन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १२ शनिबार | (रासस)
newsabhiyan

धनगढी, १२ जेठ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बल्मी सडकखण्डमा गए राति ना ६ ख ५१०० नं को बसले ठक्कर दिएर घाइते भएका से १ प ४४६५ नं को मोटरसाइकलका चालकको सेती अञ्चल अस्पतालमा मृत्यु भएको छ ।

अन्दाजी ३० वर्षका मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला बजार नजिक बेहोस अवस्था फेला परेका ३० वर्षीय अर्का पुरुषको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले बेहोस अवस्थामा फेला परेका ती व्यक्तिको उद्धार गरी सेती अञ्चल अस्पताल पु¥याएको थियो । मृतकको सनाखन हुन नसकेको जनाइएको छ । मृतकको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan