Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्य क्षेत्रमा गम्भिर होउ !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ १८ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १८ जेठ । सफल होस या सवल स्वस्थ मान्छे पहिला चाहिन्छ ? पछिल्लो समय जताततै अराजकता मैलाएको छ । नियमनकारी चर्चाका लागि कस्सिन्छन् । पछि थचक्क बस्छन् । यस्तै देखाउछ विगतले । नेपालका अस्पतालहरुले के आधारमा शुल्क तोक्ने भन्ने मापदण्ड नभएकाले सरकारी नियमनकारी निकायले यी गुनासोको सम्बोधन गर्न सकेका छैनन् ।

विभिन्न सेवावापको शुल्क तोक्न स्वास्थ्य मन्त्रालयले नियम बनाए पनि कार्यान्वयन गर्न नसक्दा उपचार सेवा शुल्क अस्पतालपिच्छे मात्र होइन, एउटै अस्पतालले व्यक्तिपिच्छे फरक–फरक शुल्क लिइरहेका उदाहरण छन् ।

उपचार शुल्क कसले तिर्ने भन्ने विषयमा छलफल गर्दै ठूलै संस्था वा चर्चित व्यक्तिले तिर्दा बार्गेनिङको आधारमा ४० प्रतिशतसम्म छूट दिने गरेको पाइए पनि गरिबीको रेखामुनिकालाई छूट दिएको विरलै पाइन्छ ।
गत हप्ता ओखलढुंगाबाट हेलिकप्टरमा ल्याइएकी एक सुत्केरीको एक रातमै ८० हजार बिल चढ्यो ।

उनले अर्कोदिन जवरजस्ती बिरामी डिस्चार्ज गराएर अर्को अस्पताल लगे । यो उदारहणमा हो । यस्ता समस्या धेरैछन् । कर्णाका जनता अहिले पनि सहज सिटामोल देख्न पाउन्नन् ।

कतिपय सवारी दुर्घटनाको घटनामा यातायात व्यवसायीले तिर्ने शुल्कमा बार्गेनिङ गरेर धेरै छूट लिने गरेको समेत पाइन्छ । तर, बिरामी आफन्तको पीरले कमजोर भइसकेको कुनै एउटा व्यक्तिले अस्पतालसँग अनुनयविनय गर्दा पनि छूटको व्यवस्था बिरलै हुने गरेको छ ।

अस्पतालले निष्पक्ष साथै उचित शुल्क निर्धारण गरेको भए कसरी ठूलाबडालाई छूट दिन सक्यो, जटिल विषय हो । नेपालमा सम्पूर्ण उपचार सेवाको शुल्क अस्पतालले आफ्नो तरिकाले तोक्न भने पाएका छैनन् । सरकारले उपचारका केही प्रक्रियाको मूल्य निर्धारण गरेको छ ।

जस्तो बहिरङ्ग सेवा (डाक्टर ओपिडी शुल्क) र औषधिको मूल्य तोकिएको छ । निजी र सरकारी अस्पतालले सोही मापदण्डअन्तर्गत शुल्क लिइरहेका छन् । यसैगरी, सरकारले शुल्क तिर्ने तर नागरिकका लागि निःशुल्क गरिएका मृगौला प्रत्यारोपण र डायलाइसिस सेवाको शुल्क सबै अस्पतालमा एउटै छ ।

निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले उपचार शुल्क र सेवाको पारदर्शिताका लागि अस्पताललाई ग्रेडिङ गर्नुपर्ने माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य सेवाको शुल्क नतोके पनि पारदर्शी बनाउन भने अनिवार्य गरेको छ ।

स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डमा अस्पतालका हरेक सेवाको शुल्क नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्ने सरकारी निर्देशन भए पनि प्रायः धेरै अस्पतालले अटेर गर्दै मनलाग्दी असुल्ने गरेका छन् । सर्वसाधारण जनताको हितको खातिर निजी वा सरकारी कुनै पनि अस्पतालले नागरिक बडापत्रको व्यवस्था गरेर पादर्शिताको साथै निष्पक्षता गर्न जरुरी रहन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan