Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २० आइतबार | (रासस)
newsabhiyan

रुपन्देही, २० जेठ । सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय भरतमणि सापकोटाले बताउनुभयो ।

तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने उहाँको भनाइ छ । ताल आसपास निर्माण हुने थप संरचनाले प्राकृतिक सुन्दरता बढाउन मद्दत मिल्नेछ ।

तेह्र हेक्टर क्षेत्रफलमा रहेको सो ताल सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चरासमेत देखिने गरेको स्थानीय समयमाई सामुदायिक वनका अध्यक्ष मीनबहादुर थापा बताउनुहुन्छ ।

तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी, अन्धाबामलगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोउन्मुख चराको उपस्थिति रहन्छ ।

समयमाई सामुदायिक वन र समयमाई गजेडी दानापुर ताल तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र नामक गैरसरकारी संस्थाले सामान्य पूर्वाधार निर्माणको काम गरेको उक्त क्षेत्रमा अब प्रदेश सरकारले समेत चासो देखाएको छ । सो तालको केही दिनअघि अवलोकन गरेर प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी लिनुभएको थियो ।

तालको विकासका लागि गुरुयोजना आवश्यक भएकामा जोड दिँदै मुख्यमन्त्री पाखरेलले सिमासार क्षेत्र वा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेबारे स्थानीयवासी स्पष्ट हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ का उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरीले दानापुरलगायतका क्षेत्रमा होमस्टेको स्थापना गरेर पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ भन्नुभयो ।

त्यस्तै सैनामैनाको गंगानगरस्थित लामीरहमा प्रस्तावित बहुउद्देश्यीय जलाशय पार्क, गैँडाहवाको गैँडाहवा ताल, गैँडाहवाकै लखनौटीस्थित तुलसीहवा तालसहित विभिन्न सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने विषयमा अध्ययन, अनुसन्धान हुन थालेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan