Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीलाई एक्लै पार्ने प्रचण्डको प्रपन्च !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२३ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक गुटले तिब्रता लिएको छ । यसरी बनेको गुटसँगै नेपाल कम्युनिष्ट पार्टी भित्र खैलाबैला  शासन भएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीबारे ओली र प्रचण्डको एकमत हुन नसकेपछि गुट सृजना भएको हो ।केही दिनअघि प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणाली लागु गर्ने विषयमा सहमति भइसकेको दाबी गरेका थिए ।

संविधान संशोधन गरेर शाषन प्रणाली परिवर्तन गर्ने बारे प्रचण्डले दिएको अभिव्यक्तिमा ओलीको समर्थन नरहेपछि गुटगत रुपमा मुद्दा उठाउन थालिएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापालगायतका नेताहरु सहमत देखिएका छन् ।

तर ओली भने अहिले तत्काल यो विषय उठाउन नहुने पक्षमा देखिएका हुन् । ओलीलाई ईश्वर पोखरेलले साथ दिएका छन् । शीर्ष तहका अधिकांश नेताहरु प्रचण्डको पक्षमा देखिएपछि ओली नयाँ रणनीति कसरी तय गर्ने भन्नेमा गम्भीर बनेको बताइएको छ ।

तत्कालिन एमालेका सचिव योगेश भट्टराईले पनि प्रचण्डले भने जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । त्यस्तै ओलीसँग चिढिएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल पनि अहिले प्रचण्डको पक्षमा देखिएका छन् ।

उता एकाएक नेपाल कम्युनिष्ट पार्टीका महासचिव बनाइएका विष्णु पौडेल भने कुनै पक्ष तिर पनि खुलेर लागेकाछन् । केपी ओलीका अत्यान्तै निकट पात्र रहेको पौडेल ईश्वर पोखरेल बोल्दा पनि ओलीको पक्षमा नखुलेको भन्दै भित्रभित्रै चर्चा चल्ने गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan