Friday 19th of October | २०७५ कार्तिक २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवाहरुलाई वैदेशीक रोजगारका लागि क्षमता विकास

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २४ बिहिबार |
newsabhiyan
newsabhiyan

सुकेदब चौधरी, सुनसरी, २४ जेठ । सुनसरीको कोशी गाउँपालिकाका युवाहरुलाई लक्षित गरी वैदेशीक रोजगार सम्बन्धि दुई दिने क्षमता विकास कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

कोशी गाउँपालिकाको सहयोग तथा नागरिक अधिकार मञ्च सुनसरीको आयोजनामा जेठ २३ र २४ गते विदेश जान चाहने युवाहरुलाई वैदेशीक रोजगार सम्बन्धमा जान्नु पर्ने कुरा, अपनाउनु पर्ने प्रकृयाको बारेमा छलफल गरीएको जनाइएको छ ।

वैदेशीक रोजगार रोक्नका लागि युवाहरुलाई क्षमता विकास कार्यक्रम मार्फत हामीले आर्थिक वृद्धि गर्नका लागि युवाहरुलाई विकासको मुलधारमा ल्याउन सहयोग पुग्ने गाउँपालिकाका कार्यकारी अधिकृत अशोककुमार साहले बताउनु भयो ।

उहाँले युवाहरुले वैदेशीक रोजगारका लागि अबलम्बन गर्नु पर्ने कुराहरु गाउँपालिकाको तर्फबाट बाटो मात्र देखाई दिने काम हो तर विस्तृत जानकारी पाउन अपडेट भएर जान हुन जरुरी रहेको औल्याए ।

त्यसैगरी कोशी गापा वार्ड नं. १ का वडा अध्यक्ष राजकुमार साहले बैदेशीक रोजगारमा जाँदा ठगिमा नपरियोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले सिप सिकेकाहरुलाई स्थानीय तह मै स्वरोजगारका लागि योजनाहरु बनाउदै व्यवस्थापन गर्न लागि परेको बताउनु भयो ।

कार्यक्रमबाट आफूले विदेश जान अघि विभिन्न किसिमका प्रकृयाको बारेमा थाहा भएको कार्यक्रमका सहभागी अजय यादवले बताए । सोही कार्यक्रमका अर्का सहभागी विदेश जानु अघि भएका कागजपत्रहरु सबै एक प्रति आफ्नो घरमा छोडी जाँदा कुनै समस्या भए सहज तरिकाले सहयोग हुने राधेश्याम यादवले आफ्नो विचार राखे ।

वैदेशीक रोजगारमा जान चाहने युवाहरुका लागि उमेर प्रकृया सम्बन्धि विवरण, संस्थागत पहल, आवश्यक प्रमाण सुरक्षित राख्नु पर्ने, तालिम र सुरक्षा, पूर्व तयारीको अवलम्बन, क्षतिपूर्ति, विदेशमा सम्पर्क र समन्वय, श्रम स्वीकृती, स्वास्थ्य परिक्षण, जीवन बिमा, दुर्घटना बिमा लगायतको विषयमा छलफल भएको आयोजक मनोजकुमार मेहताले जानकारी दिए ।

कार्यक्रममा वैदेशीक रोजगारलाई मर्यार्दित, सुरक्षित बनाउनका लागि अपनाउनु पर्ने सजगता, प्रकृया तथा ठगिनबाट जोगिनका लागि अपनाउनु पर्ने कुराहरुको विषयमा कोशी गाउँपालिकाका विनोद मिश्र, आयोजक संस्थाका लुकमान अंसारी, सुकदेब चौधरी लगायतले छलफल तथा सहजीकरण गरेका थिए ।  सो कार्यक्रममा कोशी गाउँपालिकाका ५० जना युवा सहभागीहरुको उपस्थिती रहेको थियो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan