Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सत्र लाखको लगानीमा बङ्गुर फार्म

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

कञ्चनपुर । कञ्चनपुरको दैजी गाविस– ३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि रु १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ ।

गरिबी निवारण कोषको रु आठ लाख, प्लान नेपालको रु पाँच लाख छ हजार तथा स्थानीय समुदायको रु तीन लाख ९४ हजारमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको फार्ममा विभिन्न जातका ४० बङ्गुर पालिएका छन् ।

मुक्त कमलरीले गठन गरेको ‘सन्देश महिला बचत तथा ऋण सहकारी संस्था’ले फार्मको व्यवस्थापनको कार्य गर्दै आएको छ । मुक्त भएका कमलरी बालिकाकाको आर्थिक अवस्थामा सुधार ल्याई कमलरी प्रथा न्यूनीकरणमा टेवा पु¥याउनका लागि फार्म सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले सञ्चालन गरेको कमलरी उन्मूलन प्रथा परियोजनाका जीविकोपार्जन अधिकृत राजीव अवस्थीले बताउनुभयो ।

“बङ्गुर फार्ममा मुक्त कमलरीका १५ परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्” उहाँले भन्नुभयो । बङ्गुरले एकै पटकमा छदेखि ११ वटासम्म पाठा दिने गरेकाले पाठा बिक्री गरेरै वार्षिक रु एक लाख बढी आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।

सहकारीका अध्यक्ष जगनी चौधरीले बङ्गुरको मासुको बजार प्रशस्त रहेकाले बङ्गर हुर्काउन सके फार्मबाटै बिक्री गर्न सकिने बताउनुभयो । फार्ममा आबद्ध कमलरी परिवारले बङ्गुरको खानपान व्यवस्थापन, सरसफाइ र औषधोपचारको कार्य सामूहिक रुपमा गर्दै आएकाले पालनको कार्यमा कठिनाइ नभएको बताएका छन् । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan