Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २६ शनिबार |
newsabhiyan

चितवन, २६ जेठ (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताउनुभयो ।

उहाँले फौजदारी अभियोग लागेका सांसदको संसद्मा मतदान हुँदा सांसदको संख्या गणना हुने तर मतदान गर्न नपाउने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “जनताले चुनेको प्रतिनिधि, आफूले उन्मुक्ति लिएर कहीँ पाउँदैनन्, यो कुनै दुनियाँमा हुँदैन । नेपालमा यो पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत चुनिएका प्रतिनिधि अरुभन्दा माथि हुनै सक्दैनन् ।”

राष्ट्रियसभा नियमावली २०७४ आइतबार राष्ट्रियसभामा पेश हुँदैछ भने आइतबारै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनसम्बन्धी संयुक्त नियमावली पनि पेश हुँदैछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan