Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिल्पा र पृथ्वीको मायामा वीराङ्गनाका अर्को गीत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र वीराङ्गनाको दोस्रो गीत राजधानीमा एक कार्यक्रम का बीच सार्वजनिक गरिएको छ ।

गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको तिम्रो हाम्रो मायामा बियर परेछ बोलको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

सुमी चामलिङ राई सह निर्माता रहेका छन् । नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

वीराङ्गनाको यश अघि तिमी पुलिस म नि पुलिस बोलको गीत सार्वजनिक भइसकेको छ । फिल्ममा कविराज गहतराजको पनि नृत्य छ ।

यस्तै श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan